Tuesday, September 29, 2020

आज वर्षाको सम्भावना कस्तो छ?

- Advertisement -

अहिले (बिहीबार बिहान ६स्२५ बजे) देशभर मौसम सामान्य बदली छ भने केही स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र प्रदेश १ को तराई क्षेत्रका केही स्थानमा वर्षा भइरहेको हो। अन्य स्थानमा मौसम बदली (बादल लागेको) छ।

महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ(

‘देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १(२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

मौमविद् पौडेलका अनुसार आज काठमाडौं उपत्यकामा भने दिउँसो पानी पर्ने सम्भावना देखिएको छैन। मौसम बदली भने हुनेछ। ‘दिउँसो केही बेर मौसम खुल्न पनि सक्छ,’ उनले भने, ‘साँझ वा बेलुकीपख भने वर्षाको सम्भावना छ।’

मौसमविद् पौडेलका अनुसार भोलि (शुक्रबार)देखि भने पूर्वका प्रदेशमा मौसम केही खुल्ने सम्भावना छ। पश्चिमतर्फका प्रदेशमा भने बदली तथा वर्षाको सम्भावना छ। अहिले मनसुनको न्यून चापीय नेपालको पश्चिमतर्फ केही नजिक भएको छ भने पूर्वमा टाढा छ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मनसुन अझै केही दिन रहने, यस्तो छ आइतबारसम्मको वर्षा अनुमान

काठमाडौं, असोज ९ मनसुन अझै केही दिन रहने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। तर पानी पर्ने क्रम भोलि शनिबारबाट कम हुने सम्भावना छ। मौसमविद्...

सकिने बेलामा मनसुन झन् सक्रिय, केही ठाउँमा शुक्रबारसम्मै ठूलो पानी पर्ने

काठमाण्डौ ९ आज सेप्टेम्बर २३ तारिख, सामान्यतया नेपालबाट मनसुन बाहिरिने दिन हो । तर यो वर्ष मनसुन सकिने बेला झन् सक्रिय भएको छ । बंगालको...

यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडाको संख्यामा वृद्धि

कञ्चनपुरः दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ। स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको संख्या बढेर १७...

यी पाँचवटा प्रदेशमा भारी वर्षा हुने सम्भावना छ, २४ घण्टासम्म सतर्क...

आज (आइतबार) देशभर मौसम बदली भई केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी...

भीमदत्तमा वायु गुणस्तर मापन केन्द्र सञ्चालन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । वातावरण विभागको सहयोगमा स्थापना गरिएको वायु प्रदुषण मापन केन्द्र सञ्चालनमा आएको...

‘मनसुन पूर्ण सक्रिय नभए पनि देशभर जोखिम भने हटेको छैन’

काठमाण्डौ- अहिले मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम भने नहटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थोरै पानी पर्दा पनि पहिरो जान सक्ने...

यस्तो छ आजको मौसम

आज (आइतबार) पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहानैदेखि घाम लागेको मौसमविद्ले बताएका छन्। केही दिनयता मौसम यस्तै छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया