सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

’नयाँ नक्सा त आयो तर सीमा समस्या समाधानका लागि सरकार गम्भीर भएन’

काठमाण्डौ – सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरे पनि वास्तविक सीमा समस्या समाधानका लागि गम्भीरता नदेखाएको आरोप लगाएका छन ।संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार भएको छलफलमा सांसदहरुले भारतसँगको वास्तविक सीमा समस्या समाधानका लागि सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका हुन् । स्ट्रिप नक्साको बलमा भारतले कञ्चनपुर जिल्लामा नेपालीले भोगचलन गर्दै आएको भूमि अतिक्रमण गरेको विषयमा भएको छलफलमा सांसदहरुले यस्तो आरोप लगाएका हुन ।

सांसद देवेन्द्रराज कँडेलले जारी भएको नयाँ नेपालको नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि समेटिएको छ कि छैन भन्ने प्रश्न गर्नुभयो । द्वन्द्वकालमा नेपाली टोलीसमेत भारतमा गएर जारी गरेको नक्साका कारण समस्या उत्पन्न भएको देखिएकोले गम्भीरता देखाएर यो विषयमा अध्ययन गर्नुपर्ने बताउनुभयो ।

सांसद रामसहाय प्रसाद यादवले सीमासम्बन्धी वास्तविक काम कति सम्पन्न भयो भन्ने तथ्याङ्क सम्बन्धित मन्त्रालयलगायत सरोकारलाहरुसँग छ कि छैन भन्ने आशङ्का व्यक्त गर्नुभयो । उहाँले नक्सा जारी भए पनि सीमा समस्या समाधानका लागि सरकार तयार नभएको बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सांसद नरबहादुर धामीले सीमा रक्षाका क्रममा गोविन्द गौतमको हत्या भएको घटनामा अनुगमन गर्न चुकेको सरकार जग्गाधनी पुर्जासमेतको भूमि भारततर्फ जाँदा पनि गम्भीर नभएको बताउनुभयो । नेपालभित्र हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश गरेर जनतालाई आतङ्कित बनाउने गरेको कुरा पटक–पटक संसदमा उठाउँदा पनि सरकारले वास्ता नगरेको उहाँले बताउनुभयो ।

सांसद रेखा शर्माले दीर्घकालीन रुपमा सीमा समस्या समाधान गर्ने बाटोतर्फ सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले द्वन्द्वकालीन समयमा सीमा निर्धारण टोलीमा को–को थिए भन्ने पत्ता लगाएर समितिमै बोलाउनुपर्ने बताउनुभयो ।

बैठकमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अद्यावधिक नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि पनि समेटिएको बताउनुभयो । स्ट्रिप नक्सा दुई देशको सहमतिमा खारेज हुने प्रावधान रहेको उल्लेख गर्दै भारतको केही भूमि नेपालतर्फ रहेको उहाँले बताउनुभयो ।

बैठकमा कोभिड–१९ का सन्दर्भमा पनि छलफल भएको थियो । प्रतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस रोकथामका लागि सरकारले काम गर्न नसकेको बताएका थिए । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुप्रति गरेको टिप्पणीप्रति सांसदहरुले आपत्ति व्यक्त गरेका थिए । -उज्यालो अनलाईन

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.