Sunday, January 24, 2021

नेपालबाट दुई दर्जन विदेशी कम्पनीले लगे ८ अर्ब ८६ करोड

- Advertisement -

काठमाडौं, साउन २८, कोरोनाले पिरोलेको वर्ष नेपालमा लगानी गरिरहेका विदेशी कम्पनीहरुले लाभांशबापतको झण्डै नौ अर्ब रुपैयाँ विदेश लगेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार २४ विदेशी कम्पनीले नेपालबाट आठ अर्ब ८६ करोड रुपैयाँ विदेश लगेका हुन्। यसरी लाभांश लैजानेमा बहुराष्ट्रिय तथा साझेदारीमा नेपालमा व्यवसाय गरिरहेका कम्पनी छन्।

यो वर्ष कोरोनाले व्यावसायिक गतिविधि ठप्प भएपछि देशकै अर्थतन्त्र धराशायी भएको छ। उद्योगहरुले गर्ने नाफा घटेको छ भने संक्रमणले प्रभावित सबैजसो नेपाली उद्योगहरु पुनर्कर्जा तथा सहुलियत कर्जाको जोहो गर्न बैंकहरुमा आवेदन दिन थालेका छन्।

स्वदेशी उद्योगहरुले नाफाबापतको पैसा पुनर्लगानी तथा आगामी दिनमा व्यवसाय सञ्चालनमै खर्च गर्ने मनसाय बनाइरहँदा विदेशी कम्पनीले भने व्यवसायमा आर्जन गरेको नाफा लगेका हुन्।

यसरी लाभांश र रोयल्टीबापतको रकम लैजाने कम्पनीहरुको संख्या ४९ छ। त्यसमध्ये २४ वटाले लाभांश र २५ वटा कम्पनीले रोयल्टीबापतको रकम विदेश लगेका छन्।

यही साउन ७ गतेसम्मको राष्ट्र बैंकको तथ्यांकअनुसार लाभांशबापतको ८ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ र रोयल्टीबापतको २ अर्ब १७ करोड रुपैयाँ १६ वटा देशमा पुगेको हो।

लाभांश लाने कम्पनीहरुमा जलविद्युत्, खाद्य, टोबाको, पेन्ट्स उद्योगलगायत छन्। त्यसैगरी नेपालबाट रोयल्टी लानेहरुमा धेरैजसो लिकर (मदिरासम्बन्धी) उद्योगहरु छन्। तिनमा नेपाल लिक, गोर्खा बु्रअरीजस्ता उद्योगहरुबाट धेरै परिमाणमा रोयल्टी बाहिरिएको छ।

तथ्याङ्कअनुसार गत वर्षको तुलनामा गत आवमा बाहिरिएको रोयल्टी तथा लाभांशबापतको रकम भने कम हो। गत आवको अन्त्यतिर कोरोना फैलिएपछि व्यवसाय ठप्प हुँदा कम्पनीहरुको नाफामा प्रभाव परेको कारण अघिल्लो वर्षभन्दा न्यून रकम बाहिरिएको हो।

गत वर्ष २६ कम्पनीले २७ अर्ब ७८ करोड २९ लाख ९४ हजार ९ सय ७० रुपैयाँ लाभांश विदेश लगेका थिए।

उक्त वर्ष डाबर नेपाल, युनिलिभर, कोका–कोला, अर्घाखाँची सिमेन्ट, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई बैंक, निर्धन उत्थान लघुवित्त, नेपाल बंगलादेश बैंकलगायतबाट उक्त लाभांश बाहिरिएको थियो।

लाभांश रकम वर्षमा एक पटकभन्दा धेरै लान पाउने भएकोले गत वर्षको नाफा पनि आगामी दिनमा लान पाइन्छ। उनीहरुले आगामी दिनमा पनि नाफा लानसक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

गत आवमा एक अर्बभन्दा बढी लाभांश रकम लाने कम्पनीहरु ३ वटा मात्रै छन्। तिनमा हिमाल पावर कम्पनी (३ अर्ब), जोन्सन एण्ड निकोल्सन (१ अर्ब) र सूर्य नेपाल (५ अर्ब रुपैयाँ) छन्। -नेपाल खबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने...

भजनी। कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेसिया पुग्नुभयो । त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु...

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

काठमाडौं । आर्थिक वर्ष २०७६र७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने भएको छ । कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी...

डिजेल र पेट्रोलको भाउ बढ्यो !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले...

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

उमेश प्रसाद बडु ,धनगढी                                    जिभी मोबाईल्स ईन्डियाको...

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् आजको...

नेपाल राष्ट्र बैंकको प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२...

सोमबार सुनको मुल्यमा गिरावट आएको छ प्रतितोला कति ?

सोमबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला २ सयले...

कोरोनाको प्रभाव न्यून हुँदै जाँदा दैनिक ५ अर्बको वैदेशिक व्यापार

सुदुर पशिम खबर २०७७ माघ ५ काठमाडौं– दैनिक ५ अर्ब रूपैया को वैदेशिक व्यापार हुन थालेको छ। कोभिड(१९ को प्रभाव न्यून हुँदै जाँदा बजारमा वस्तुको...

युवायुवतीको रोजाई बन्दै महेन्द्रनगरको म्युजियम

महेन्द्रनगर – पुर्व (पश्चिम राजमार्गको महेन्द्रनगर ट्राफिक चेकपोस्ट भन्दा केही दुरि अगाडिमा रहेको म्युजियम आन्तरिक पर्यटकको रोजाईको गन्तव्य बनेको छ । दरबार मोडलमा बनाईएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया