पत्रकार बलराम बानियाँ मृत फेला परेका छन्।
कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँ तीन दिनदेखि सम्पर्कबिहिन थिए।
मकवानपुरको सिस्नेरीस्थित वागमती नदीमा मंगलबार फेला परेको शव बानियाँको भएको प्रहरीले पुष्टि गरेको छ।
काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार मकवानपुरमा भेटिएको शव उनको भएको परिवारले सनाखत गरेका छन्।
सोमबार नै बल्खुमा अन्तिम सम्पर्कमा देखिएका बनियाँलाई बागमतीले बगाएर त्यहाँ पु¥याएको हुनसक्ने अनुमान गरिएको छ।
बुधबार बिहान मात्रै उनी तीनदिनदेखि बेपत्ता भएको भन्दै कान्तिपुर प्रकाशनले निवेदन दिएको थियो।
उनको परिवारले पनि खोजतलासको निवेदन दिन परिसर पुगेका थिए। तर परिवारलाई महानगरीय अपराध महाशाखामा पठाइएको छ।
बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन्।