Friday, September 25, 2020

सामान्य रुघाखोकी र कोभिडको लक्षण छुट्याउन सकिन्छ ?

- Advertisement -

काठमाडौं । मंगलबार मात्र काठमाडौं उपत्यकामा १३४ जना सहित देशभर ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौंसहित बारा, पर्सालगायतका जिल्लामा यो रोगका संक्रमितहरू धेरै देखिएका छन् ।

एकातर्फ कोरोनाको त्रास छ भने अर्काेतर्फ मौसमी तथा अन्य फ्लुका कारण पनि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणहरू देखिने गरेको छ । यही अन्योलका बीच कोरोना र अन्य फ्लुका कारण देखिएको संकेतलाई पहिचान गर्न सकिन्छ त ?

रुघाखोकी र ज्वरोजस्ता समस्या कोरोना र मौसमी फ्लुमा समेत देखिने साझा लक्षण हुन् । गर्मीको समयमा नियमित हुने वर्षामा भिज्दा मौसमी रुघाखोकीको समस्या समेत त्यस्तै मात्रामा देखिएको छ । यस्तो अवस्थामा कोरोनाको लक्षण हो या मौसमी फ्लुका कारण भएको समस्या हो भनेर छुट्याउन सक्ने केही आधार रहन्छ ?

चिकित्सकहरू यस्तो अवस्थामा सामान्य रुघाखोकी र कोभिड लागेको पहिचान गर्न निकै कठिन रहेको बताउँछन् । खोकी लाग्नु, ज्वरो आउनु, थकान महसुस हुनु र श्वासप्रश्वासमा समस्या हुनु कोभिडको लक्षणभित्र पर्छ । भाइरल फ्लुका कारण समेत यस्तै समस्या आउने हुँदा रुघाखोकी लागेको मान्छेलाई कोरोना या भाइरल फ्लु के हो ? भनेर यकिन गर्न सक्ने आधार नरहेको उनीहरू बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला रुघा र खोकीसँगै लागेको छ भने त्यस्ता मान्छेले तुरुन्त कोरोना परीक्षण गराउनु पर्ने बताउँछन् । त्यसमाथि पनि घरमा दीर्घरोगी छन् भने त झनै खोकीका बिरामीले पीसीआर परीक्षण गराउनै पर्ने सुझाव उनको छ ।

अहिले कोरोना संक्रमित बच्चामा हाइपो टेन्सन, प्यारालाइसिस, नसा दुख्ने जस्ता समस्या समेत देखिने गरेको भए पनि कोभिडको मुख्य लक्षण भनेको अहिलेसम्म पनि रुघाखोकी, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु आदि नै रहेको उनी बताउँछन् ।

बास्तोला अब झनै जाडो महिना सुरु हुन लागेकोले यस्तो चुनौती झनै थपिने बताउँछन् । जाडो महिनामा डेंगुको प्रकोप पनि सुरु हुने भन्दै अहिले समुदायस्तरमा धेरै फैलिनु अघि नै सरकारले यसमा ध्यान दिनु आवश्यक रहेको उनी बताउँछन् ।

‘अहिले मौसमी फ्लु र कोभिडका कारण लागेको रुघाखोकी छुट्याउन सक्ने अवस्था छैन ।’ बास्तोलाले अनलाइनखबरसँग भने ‘रुघा र खोकी एकै पटक लागेको छ या घरमा दीर्घरोगी छन् भने खोकी लाग्दा मात्रै पनि हेलचेक्याइँ गर्नुहुँदैन’

अर्काेतर्फ नियमित पीसीआर परीक्षण गर्न पनि व्यावहारिक र आर्थिक समस्या समेत रहेको जानकारहरू बताउँछन् । अहिले सामान्य लक्षण मात्रै देखिएका व्यक्तिले कोरोना परीक्षण गर्न जाँदा कतिपयको त मासिक आम्दानीको एक तिहाइसम्म खर्च हुने अवस्था छ । त्यस्तो अवस्थामा नियमित परीक्षण पनि सम्भव छैन । यो पनि चुनौतीको विषय रहेको जानकारहरू बताउँछन् । बास्तोला भन्छन् ‘परीक्षण पनि महँगो भएकोले नियमित परीक्षण सम्भव त छैन । त्यसैले खोकीसँग ज्वरो, खोकीसँग श्वासप्रश्वासमा समस्या जस्ता दुईवटा समस्या एकै पटक देखियो भने चाहिँ परीक्षण गराउनै पर्छ ।’

कोभिड १९ र मौसमी फ्लुमा लक्षणहरू पनि सामान्य र जटिल किसिमको हुने अमेरिकाको सेन्ट्रल फर डिजिज कन्ट्रल एण्ड प्रिभेन्सनले जनाएको छ । सो संस्थाका अनुसार कोभिड र फ्लुकोे केही साझा लक्षणहरू हुने गर्छन् । जस्तो, ज्वरो वा ज्वरो आउनु, खोकी लाग्नु, सास फेर्न कठिनाइ हुनु, थकान (थकान)को महसुस हुनु, घाँटी दुख्नु, रुघा लाग्नु, मांसपेशी दुख्ने वा शरीर दुख्न, टाउकोको दुखाइ र केही मानिसमा बान्ता र पखाला हुनु पनि कोभिडको कारण हुन सक्ने उल्लेख गरिएको छ । यद्यपि वान्ता वा पखालाको समस्या वयस्कभन्दा बच्चाहरूमा अधिक देखिने गरेको पनि उल्लेख छ ।

संक्रमणको हिसाबले पनि सामान्य फ्लुभन्दा कोभिड केही बलियो भाइरसको रूपमा मान्ने गरिन्छ । अनुसन्धान रिपोर्टले अन्य फ्लु लागेको एक जनाले १.३ जनासम्मलाई सार्न सक्छ भने कोभिड लागेको मान्छेले २.२५ जनासम्मलाई सार्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यी हुन् ज्वरो घाँटी दुख्ने सिंगान बग्ने समस्याको अचुक घरायसी औषधि

अहिले मौसम परिवर्तनको समय रहेको कारण धेरै मानिसहरु रुघा खोकी, टन्सील, ज्वरोबाट ग्रस्त हुने गरेका छन् । यस्तो समयमा स्वास्थ्यको ख्याल नगर्दा निकै दुख...

दिल खोलेर हाँस्नुहोस यस्ता छन फाइदै फाइदा

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यसले मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्छ ।दैनिक ४५...

यस्तो खराब जीवनशैलीले बढाउछ क्यान्सरको जोखिम

जीवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी अनेकन प्रक्रिया सुचारु भइरहन्छन् । यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो । यो क्रियामा शरीरका पुराना...

स्कुस: बहुउपयोगी र पोषिलो, यस्ता छन् फाईदा

काठमाडौं । नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । सस्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर । स्कुस वहुउपयोगी तरकारी...

कपाल लामो बनाउन चाहनुहुन्छ छ ? यी उपाय अपनाउनुहोस्

काठमाडौँ । कपाल लामो बनाउन जसलाई पनि मन पर्छ। हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन्। तर, घरैमा सर्वसुलभ प्याज कपालको...

लामो,बाक्लो र कालो कपाल चाहानुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् अमलाको रस...

काठमाडौँ । अमला कपाल र छालाका लागि धेरै फाइदाजनक हुन्छ। अमलाको रस उत्तम स्वास्थ्य पेय मानिन्छ। अमलाको रस लामो कपालको लागि पनि धेरै फाइदाजनक...

हरेक पुरूषले जानी राखौं)आफ्नो श्रीमतीलाई सधै खुसी बनाउने सुत्रहरू

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त...

उमेर कटेर पनि जवान देखिन चाहनुहुन्छ ? यी खानेकुरा कहिल्यै नखानुहोस्

हामीले अहिले पनि कतिपय यस्ता व्यक्ति देख्छौं जो उमेर कटेर पनि जवान देखिन्छन् । ६० को उमेरमा पनि ३५ को जस्तै देखिने धेरै जना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया