Wednesday, September 23, 2020

मूलपानी क्रिकेट मैदान निर्माणमा भारतको चासो, सदस्य सचिवले भने-‘पहिलेको प्रतिवद्धता पुरा गर’

- Advertisement -

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेका मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा भारतले सघाउने इच्छा व्यक्त गरेको छ । २०६० साल पुस देखि निर्माण शुरु भएको मैदानको काम अझैं सकिएको छैन ।

मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि त्यतिबेलै मास्टर प्लान बनाएर काम थालिएको थियो । तल्लो र माथिल्लो दुई वटा मैदान बनाउने साथै नेपाल क्रिकेट संघ क्यानको अफिस सञ्चालनका लागि भवन पनि बनाउने कुरा समेटिएको थियो । क्यानको अफिस सञ्चालनका लागि भवन बनेको पनि छ । तर क्यानको अफिस त्यहाँ रहे पनि अधिकांश कामहरु सिटी अफिस नक्सालबाट हुँदै आएको छ ।

प्रत्ययक खेलकुद मन्त्रीले पदभार ग्रहण गर्दा २ वर्ष भित्र पुरा हुने बताइए पनि मूलपानी मैदानको काम भने सम्पन्न हुन सकेको छैन । वर्तमान युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पनि २ वर्षमा तयार हुने बताएका थिए । त्यो भनेको पनि २ वर्ष पुरा भयो ।

लामो समयदेखि मैदान भित्र रहेका सर्वसाधारणका घरले पनि मैदानको कामले गति लिन सकेको थिएन । जग्गाको मुआब्जा विवाद भने समाधकान भइसकेको भनेर खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपको भनाई छ ।

अहिले पनि २ वटा घर मैदान भित्र देख्न सकिन्छ । यो पनि अहिले वर्षात्को सिजन र कोरोना महामारीका कारण छाड्न ढिला भएको जनाइएको छ ।
केही दिन अघि राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले मूलपानी मैदानको निरिक्षण गरेका थिए । सदस्य सचिवमा पुनः दोहोरिएपछि सिलवालले भौतिक पूर्वाधारको भ्रमण निरिक्षण गरेको पहिलो हो । त्यहाँ उनले काम चाँडो सक्ने वातावरण मिलाउन आफू लागि परेको बताएका थिए ।

सिलवालसँगै भारतीय अधिकारीले पनि मूलपानी मैदानको अबलोकन गरेका थिए । उनी मार्फत २९४ रोपनी क्षेत्रफलमा निर्माणधिन रहेको मूलपानी मैदानमा भारत सरकारले चासो देखाएको हो । नेपालका विभिन्न भौतिक पूर्वाधार र्मिाणमा साथ दिँदै आएको भारत सरकारले काठमाडौंमा रहेको राजदूतावास मार्फत राखेपसँग छलफल अघि बढाएको हो । त्यसैका लागि सदस्य सचिव सिलवालसहित भारतीय दूतावासका अधिकारीले पनि मैदानको अबलोकन गरेको जनाइएको छ । अबलोकनका क्रममा अहिले भइरहेका कामहरुका बारेमा दूतावासका अधिकारीले पनि चासो राखेका थिए । उनीहरुले मास्टर प्लान अनुसार मैदान निर्माणका लागि सहयोग गर्ने बताए पनि थप प्रक्रिया भने राखेपले पहल गरेमा अघि बढ्ने छ ।

सोही क्रममा सदस्य सचिव सिलवालले उनीहरुलाई भारतले विदेशमन्त्री स्व. सुष्मा स्वराजको नेपाल भ्रमणका बेला २ वटा क्रिकेट मैदान बनाउने बताएको प्रशंक निकाल्दै पहिला त्यो काम पुरा गर्न आग्रह गरे । उनले नेपालको राष्ट्रिय गौरबको आयोजनका रुपमा रहेको मूलपानी मैदान नेपाल सरकार आफैले बनाउन सक्षम रहेको र काम पनि अब अन्तिम अन्तिम चरणमा पुगेको बताएका थिए ।

मूलपानी मैदानको अनुगमनका क्रममा सँगै रहेका नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले भारतीय दूतावासका अधिकारीसँग अनौपचारीक कुराकानी भएको पुष्टि गरे ।

उनले भने ‘सदस्य सचिवले मुलपानी घुम्न जान्छु भनेर इच्छा ब्यक्त गर्नु भयो । खबर पाएपछि म पनि पुगेँ । भारतीय राजदूतावासका अधिकारी पनि हुनुहुँदो रहेछ । त्यहाँ हामीले अनौपचारिक कुरा गर्यौं ।’ सचिव प्याकुरेलले भने ।

२०७१ साउनमा भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण हुँदा पोखरामा मैदान बनाउन आग्रह गरेको थियो । त्यतिबेलै पनि भारतले मूलपानीमा चासो देखाएको थियो ।

तत्कालिन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मूलपानी नेपाल सरकारले मूलपानी मैदान बनाउने र भारतले पोखराको मैदान बनाउनु पर्ने बताएका थिए । स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण अघि नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि काठमाडौं आएकी थिइन् । तत्कालिन परराष्ट्रमन्त्री ९हाल चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपालको नेतृत्व गर्दै बैठकमा सहभागी थिए । पोखराकै मैदानका लागि १ खर्ब खर्च लाग्ने उल्लेख गरिएको थियो ।

पछिल्लो समय नेपालमा भारतविरोधी जनभावना बढी रहेका बेला भारतले नेपाली क्रिकेटमा लगानी गर्ने इच्छा देखाएको भनेर बुझ्न सकिन्छ । यदि निर्माणाधिन मैदानमा लगानी गरेर चाँडै सम्पन्न गर्न सकिए नेपाली जनमानसमा राम्रो छाप छाड्न सकिने विश्वासका साथ भारतीय दूतावास लागेको बुझिएको छ  neplays.com

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आइपीएलमा चेन्नाइको विजयी सुरुवात

मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नाई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ। युएईको अबुधाबीमा शनिबार...

क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया

  सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको...

दुर्घटनामा घाईते क्रिकेटर ललित भण्डारीको अवस्थामा सुधार,थप उपचारका लागि कोहलपुर रेफर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि कोहलपुर लगिएको छ । उनको खुट्टा, कम्मर र...

अन्तर्राष्ट्रिय फुटबलमा क्रिस्टियानो रोनाल्डोको १०० गोल पूरा

२४ भदौ, काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि १०० गोल गर्ने...

सन्दीपले उत्कृष्ट प्रदर्शन गरेको खेलमा जमैका पराजित

७ भदौ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजले लगातार दोस्रो हार व्यहोरेको छ । सन्दीपसहित मुजिर...

सीपीएलको पहिलो खेलमै सन्दीपले लिए विकेट, यस्तो रह्यो ४ ओभर

क्यारेबियन प्रिमियर लिग(सीपीएल)को पहिलो खेलमा नै नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिएका छन। जमैका तालेवाजबाट खेलिरहेका सन्दीपले बुधबार साँझ जारी सेन्ट लुसिया जाक्सविरुद्ध ४...

क्रिकेटबाट सन्‍न्‍यास लिनुअघि धोनी र रैनाले यस्तो सल्लाह गरेका थिए, ...

नयाँदिल्ली- सुरेश रैना र उनका ‘मेन्टर’ महेन्द्रसिंह धोनीले यही शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे । जब धोनीले इन्स्टाग्राममा दुई लाइनको वाक्य लेख्दै क्रिकेटबाट संन्यास...

सुरेश रैनाले पनि लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौँ — भारतीय क्रिकेटर सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । पूर्वकप्तान महेन्द्र सिहं धोनीले सन्यासको घोषणा गरेको एक घन्टा बित्‍न...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया