Tuesday, October 27, 2020

हिन्दूधर्ममा यस कारण मानिन्छ मंगलबारको दिनलाई विशेष

- Advertisement -

हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ। साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ। यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन।

सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु गर्नु राम्रो मानिन्छ। यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ।
मंगलबारको व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ भने रातो कपडा धारण गर्नु पर्छ । मंगलबारको व्रतबाट मंगल ग्रहको अनिष्ट फल पनि शान्त हुन्छ । गणेश भगवानको आराधना गर्दा ‘ऊँ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ। पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि फल दान गर्नु पर्दछ।

यसका साथै मंगलबारको दिन हनुमान जीको उपासनाका लागि उत्तम मानिन्छ। हनुमान वास्तवमा मंगलको पनि अरिष्टदेवता हुन्। हनुमानलाई ‘सर्वग्रहविनाशिने’ र ‘रक्षोविद्यवंशकारकाये’ भनि पुकारिन्छ। सबै ग्रहभन्दा बलवान हनुमान रहेको धार्मिक तथा पौराणिक कथाहरुमा उल्लेख छ।

एक निश्चिल हृदय (छलकपटरहित) का देवताका रुपमा हनुमानलाई लिइन्छ। जीवनभर अविवाहित रही ब्रह्मचार्य प्राप्त योगी अथवा साधुको रुपमा पनि हनुमानलाई चिनिन्छ। मंगलबारको व्रत कथामा एक ब्राह्मणीले हनुमानको उपासना गरेकै कारण ‘मंगल’ नामक पुत्र प्राप्त गरेको धार्मिक कथामा उल्लेख छ।
नयाँ पुस्ता बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा चरेश सहित २ जना पक्राउ

कञ्चनपुरमा लागु औषध चरेशसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को टापर भन्ने स्थानबाट १ ग्राम ६ सय ६०...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

आज महानवमी: दुर्गा भवानीको पूजा आराधना

काठमाडौं ः आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ।​ महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्र्याइँदै

काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्ष...

पूर्वमन्त्री गोकुल बास्कोटा र उनकी श्रीमतीलाई कोरोना पुष्टि

काठमाडौं ः पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ। बिहीबार दिउँसो एक ट्विटर र फेसबुकमार्फत उनले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि...

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया