Sunday, September 20, 2020

उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह

- Advertisement -

उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेको छ । आइतबार फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्रीसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गर्नुभएको हो ।

काठमाडौँ देशकै राजधानी भएको र यहाँ घना बस्ती भएकाले कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलियो भने रोक्न नसक्ने भन्दै आवतजावतमा कडाइ गर्न आग्रह गरिएको फोरमले जनाएको छ । उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कडाइ गर्नुपर्ने, अन्तर जिल्ला यातायात खुला नगरिए पनि आवतजावत भइरहेकाले त्यसलाई रोक्न आग्रह गरिएको फोरमका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
उपत्यकामा ठेलागाडा, उद्योगधन्दा र निर्माण क्षेत्रमा काम गर्ने मजदुरले स्वास्थ्यका न्यूनतम मापदण्ड पनि पालना नगरेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको छ । उपत्यकावासीको मागमा उपप्रधानमन्त्री सकारात्मक रहनुभएको जानकारी फोरम अध्यक्ष शाक्यले दिनुभयो ।

शाक्यले भन्नुभयो, “तेस्रो मुलुकबाट आउन सक्ने ठूलो सङ्ख्याका नागरिकलाई दष्टिगत गरी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार एकीकत क्वारेन्टाइन सङ्घीय सरकारले सञ्चालन गर्ने र व्यवस्थापन स्थानीय सरकारले गर्ने गरी व्यवस्था गर्न आग्रह गरिएको छ ।”
उपत्यकाका विभिन्न स्थानमा विरोध, समर्थन, ¥याली, भेला, बैठक, गोष्ठी, अनशन, जुलुस लगायतका गतिविधि कायम रहेकाले कडाइ गर्न ध्यानाकर्षण गराइएको उपत्यका नगरपालिका फोरमले जनाएको छ ।

फोटाे/ समाचार स्राेत : गाेरखापत्र

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जनकपुर-जयनगर रेल: भारतै फर्काइए रेल सेट

काठमाडौं । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता...

जनावरले पनि मान्छेले जस्तै यौनजीवनको आनन्द उठाउँछन् ?

काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम...

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २...

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।...

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल...

‘म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला’: कुलमान

काठमाडौ रनेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । कुलमान घिसिङको नियुक्त हुने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -