सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

७ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा

गृहमन्त्रालयले ७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । साउन २५ गतेको मन्त्रिस्तरीय निर्णयले गृहमन्त्रालयका सहसचिव उमेश बस्नेतलाई रौतहटको सीडीओ बनाएको छ ।

सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको सीडीओमा सरुवा गरेको छ ।गृह मन्त्रालय सह–प्रवक्ता एवं उपसचिव उमाकान्त अधिकारी म्याग्दीको सीडीओ भएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकी उपसचिव हिरादेवी पौडेललाई मुस्ताङको सीडीओ बनाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक सीडीओ खिमलाल भुसाललाई प्युठानको सीडीओ बनाइएको छ ।

त्यस्तै सहायक सीडीओ धु्रव गिरीलाई स्याङजाबाट सरुवा गरेर मनाङको सीडिओ बनाइएको छ । त्यस्तै सहायक सीडीओ राजकुमार राईलाई झापाबाट सरुवा गरेर पूर्वीरुकुमको सीडीओ बनाइएको छ । उपहार खबर बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.