Thursday, October 1, 2020

‘रामायण’को रचना गर्ने वाल्मीकि को हुन् ?

- Advertisement -

 

राम एक पौराणिक पात्र हुन्, जसलाई ‘मर्यादापुरुष’को रुपमा चित्रित गरिएका छन् । कथा अनुसार उनी अयोध्यावासी राजपुत्र हुन् । राजा दशरथ र रानी कौशल्यको जेठो पुत्रको रुपमा उनको जन्म भयो । उनले मिथिलाका राजा जनककी पुत्री सीतासँग विवाह गरे । हिन्दु पद्धतीमा अस्था राख्नेहरुले रामलाई विष्णुको दश अवतारमध्ये एक मान्ने गरेका छन् ।

रामलाई नै केन्द्रमा राखेर लेखिएको पुस्तक हो, रामायण । यो एक महाकाव्य हो । यसमा ६ अध्याय र २४ हजार स्लोक छ । रामायणमा रामको जीवनको माध्यामबाट जीवनको सत्य र कर्तव्यबारे बताउन खोजिएको छ ।

राम एक पौराणिक पात्र हुन्, ‘रामायाण’को । उक्त महाकाव्य महर्षि वाल्मिकिले रचना गरेका हुन् । संस्कृत भाषाको आदिकवि मानिने वाल्मिकिको जन्म नागा वंशमा भएको मानिन्छ ।

एक जोडी पंक्षीको विलाप सुनेपछि वाल्मिकीले रामायणको रचना गरेको मानिन्छ । रामायणको रचना गरेपछि नै उनी महाकवि वाल्मिकिको नामबाट प्रशिद्ध भए । आफ्नो महाकाव्य रामायणमा उनले अनेक घटनाको समय सूर्य, चन्द्र अन्य नक्षत्रको स्थितिको वर्णन गरेका छन् । यसबाट के पनि अनुमान लगाउन सकिन्छ भने ज्योषित विद्या एवं खगोल विद्याको पनि प्रकाण्ड ज्ञाता थिए ।

ऋषिमुनी बन्नुअघि उनी कुख्यात डाकु थिए भनिन्छ । त्यसबखत उनको नाम रत्नकर थियो । वाल्मिकी भील पुत्र थिए । उनी जंगलमै जन्मिए, हुर्किए । के भनिन्छ भने, उनीहरुको जीवनयापनको मूख्य आधार नै लुटपाट वा डकैती थियो । रत्नाकरले पनि आफ्नो पूर्खाहरुले झै डकैतीबाट जीवनयापनको बाटो रोजे । पछि उनले विवाह गरे । उनका सन्तान जन्मिए । सन्तानको पालनपोषणका लागि उनी अरु लुटपाट र हिंसा गर्न थाले ।

प्रचलित कथा अनुसार एकपटक साधुहरुको मंडली जंगलको बाटो हुँदै कतै गइरहेका थिए । रत्नाकरले उक्त साधु मंडलीलाई पनि लुटपाट एवं हत्या गर्ने धम्की दिन थाले । तर, साधु मण्डलीसँग विवाद गरिरहँदा उनलाई के बोध भयो भने आफुले पाप कर्म गरिरहको छु र यसको भागिदार आफुमात्र हुनुपर्नेछ । अन्ततः यसपछि उनलाई आफ्नो कर्मप्रति अति घृणा जाग्यो, ग्लानी भयो । त्यसपछि रत्नाकरले आफ्नो धन्दा छाडेर ध्यान–तपस्यामा लागे । उनी डाकु रत्नाकरबाट महर्षि वाल्मिकी भए । यही तपस्याको नतिजा थियो, रामायाण ।

महर्षि वाल्मिकीले रचना गरेको रामायाण यस्तो महाकाव्य हो, जसमा श्रीरामको जीवन–कथाको माध्यामबाट सत्यनिष्ठा, पिता प्रेम, कर्तव्य पालना, प्रेम वात्सल्य, सत्य र न्यायको कुरा लेखिएको छ । -अनलाइनखबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

जान्नुहोस् कुन उमेरका मानिसको तौल कति हुनुपर्छ ?

मेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला ग र्भव ती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा...

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...

यस्तो नाइटो भएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा...

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना...

यी हुन महिलाले पुरुषलाइ र पुरुषले महिलालाइ एकैछिनमा आकर्षण गर्ने एकदमै...

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष...

पुरुषका यी पाँच कुराबाट टाढा भाग्छन् महिला

यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाइरहनुभएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यो खबर पढ्नुहोस्...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया