Tuesday, September 29, 2020

गौतम बुद्धबारे भारतीय विदेशमन्त्रीको भनाइप्रति वरिष्ठ नेता नेपालको आपत्ति

- Advertisement -

काठमाडौं,२५ साउन । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक रहेको जनाएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले केही बेरअघि फेसबुकमा लेखेका छन्, ‘बेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु।’

नेता नेपालले ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्त्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको स्पष्ट पारेका छन्।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसदमै ‘बद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् रहेको बताएका छन्।

नेता नेपालले भनेका छन्, ‘यसबारे नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु।’

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर चयन भएका छन् । जिल्लाका अगुवा महिलाको भेलाले मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको कार्य...

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला, असोज १० नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया