Sunday, September 20, 2020

कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले जिते कोरोना

- Advertisement -

२५ साउन । कैलालीको कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले १२ दिनमा कोरोना जितेका छन् । गाउँपालिकामा कार्यरत ल्याब टेक्निसियन, दीपेन्द्र माध्यमिक विद्यालयका चौकीदार र क्वारेन्टाइनमा खाना पकाउने कामदारले १२ दिनमा कोरोना जितेका हुन । यसैगरी, कोरोना जित्नेमा भारतबाट फर्केका दुई जना स्थानीय व्यक्ति पनि रहेका छन् ।

साउन १३ गते उहाँहरु सबैको स्वाब नमूना सङ्कलन गरिएको थियो । २० गते स्वाब परीक्षणको रिपोर्ट आएको थियो । सङ्क्रमित सात जनामध्ये निको हुनु भएका स्वास्थ्यकर्मीसहित पाँच जनालाई आइतबार घर पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले जानकारी दिए । उनले अब दुई जनालेमात्रै कोरोना जित्न बाँकी रहेको उल्लेख गरे ।

यसैबीच, सङ्क्रमित भएका स्वास्थ्यकर्मी लगायतका व्यक्तिको सम्पर्कमा आएका १५२ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक्ट ट्रेसिङ गरिएको ८४ जनाको परीक्षण रिपोर्ट शुक्रबार आएको थियो । ६८ जनाको रिपोर्ट आइतबार आएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका बैंकका ११ जना कर्मचारीसहित क्वारेन्टाइनमा रहेका व्यक्ति र क्वारेन्टाइन नजिकका समुदायको गरी ७० जनाको स्वाब नमूना परीक्षणको आज लागि पठाइएको सापकोटाले जानकारी दिए ।

सो गाउँपालिकामा कर्मचारीसहितका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकथाम र नियन्त्रणका लागि साउन २१ गतेदेखि गाउँपालिकामा बन्दाबन्दी जारी गरिएको थियो । पाँच जना सङ्क्रमित निको भइसकेका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको रिपोर्ट नेगेटिभ आएकाले बन्दाबन्दीलाई खुकुलो गरिने गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए ।

‘सोमबार विहान सर्वपक्षीय बैठक बोलाएका छौं’, उनले थपे । ‘थप सुरक्षाका लागि मापदण्ड अनुसारको उपाय अपनाउने र बन्दाबन्दी खुकुलो बनाउने सवालमा बैठकमा छलफल हुनेछ ।’ चाडपर्व नजिकिएसंगै भारतबाट फर्किनेक्रम फेरि बढेकाले थप सुरक्षा सतर्कता अपनाउन आवश्यक रहेको अध्यक्ष चौधरीले जनाए ।

उनले अब विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न नसकिने भएका कारण समुदायिक भवन प्रयोग गर्नका लागि वडा कार्यालयहरुलाई निर्देशन दिएको उल्लेख गरे । ‘विद्यालयलाई अब क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिन्न’, चौधरीले भने । ‘वडामा रहेका सामुदायिक भवनमा क्वारेन्टाइन र आइसोलन बनाउनका लागि सम्पूर्ण वडाहरुलाई पत्र पठाएको छु ।’

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जनकपुर-जयनगर रेल: भारतै फर्काइए रेल सेट

काठमाडौं । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता...

जनावरले पनि मान्छेले जस्तै यौनजीवनको आनन्द उठाउँछन् ?

काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम...

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २...

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।...

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...

आजबाट मलमास सुरु: के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म...

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -