Wednesday, September 23, 2020

महाकालीमा २ अर्ब ६ करोड ९४ लाख राजस्व संकलन

- Advertisement -

महेन्द्रनगर । कञ्चनपुरस्थित आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा रू. २ अर्ब ६ करोड ९४ लाख ८ हजार राजस्व संकलन गरेको छ ।

साविकको महाकाली अञ्चल कार्यक्षेत्र रहेको महेन्द्रनगर राजस्व कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा उक्त राजस्व संकलन गरेको हो । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका कर अधिकृत विष्णुबहादुर रावतले गत आवमा रू. ३ अर्ब ६ करोड ६५ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा करीब ६७ प्रतिशत राजस्व संकलन भएको बताए ।

उनका अनुसार राजस्व कार्यालयले गत आर्थिक वर्षमा आय करबाट ५३ करोड ४७ लाख २ हजार, मूल्य अभिवृद्धि करबाट ७४ करोड ६५ लाख ७३ हजार, अन्तःशुल्क करबाट ७३ करोड ७६ लाख ६४ हजार र ब्याजमार्फत १ करोड ४४ लाख १ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै स्वास्थ्य सेवा करमार्फत ५९ हजार, शिक्षा कर ५ लाख ३९ हजार र घरबहाल कर ३ करोड ५४ लाख ७१ हजार रुपैयाँ संकलन गरेको राजस्व कार्यालयले मूल्य अभिवृद्धि कर लक्ष्यभन्दा ३ प्रतिशत बढी संकलन गरेको छ भने अन्य करमा लक्ष्य पूरा हुन सकेको छैन । आय कर ६७ प्रतिशत, घरबहाल कर ३५ प्रतिशत, ब्याज कर ४०, अन्तःशुल्क ५२ प्रतिशत र शिक्षा कर १२ प्रतिशत मात्रै संकलन भएको छ ।

‘कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनको कारण राजस्व संकलन प्रभावित भयो,’ कर अधिकृत रावतले भने, ‘गत आवमा उद्योगहरूले उत्पादन सप्लाई गर्न नसकेपछि न्यून अन्तःशुल्क कर संकलन भएको छ ।’

कार्यालयमा करदाताको भीड
आन्तरिक राजस्व कार्यालयमा कर दाताको भीड लागेको छ । लकडाउनपछि कार्यालयको काम शुरू भएसँगै करदाताहरू बढेका हुन् । कर कार्यालयमा विशेषगरी नयाँ फर्म दर्ता तथा नवीकरण गर्ने, व्यक्तिगत प्यान लिन आउने सेवाग्राही र मदिरा व्यवसायीको चाप बढेको छ ।

राजस्व विभागले साउनभित्र कर तिर्न परिपत्र गरेपछि मदिरा व्यवसायीको घुइँचो देखिएको कार्यालयका कर्मचारी बताउँछन् ।

साथै कार्यात्रलयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको कर अधिकृत रावतले बताए । तीनजना कर अधिकृतको दरबन्दी रहेको सेवा शाखामा उनी एकजना मात्र कार्यरत छन् । समयमै सेवा प्रवाह नहुँदा सेवाग्राही लामो समयसम्म लाइनमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरका सात प्रहरी निरीक्षकको सरुवा

नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले सोमबार ४ सय ८८ जना प्रहरी निरीक्षक...

मासिक ७ हजार ५ सय तिर्नेगरि किन्न सकिन्छ टीभीएस RTR 160...

काठमाडौं । टीभीएस १६० फोर भी सिंगल डिस्क किन्न चाहने ग्राहकले मासिक ७ हजार ५८० रुपैयाँ किस्ता तिर्नेगरि किन्न सक्ने छन् । कम्पनीले ल्याएको...

बजाजको दशैं अफर: २०% डाउन पेमेन्टमा पल्सर १२५ किन्दा यस्तो छ...

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

वेदकोट नगरपालिकाले जडान ग¥यो राजमार्गका चोक-चोकमा नाईट भिजन क्यामेरा

महेन्द्य्रनगर ६ असोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि...

वेदकोटलाई हरियो वन कार्यक्रमका उपलब्धी हस्तान्तरण, प्रभावकारी रहेको निष्कर्ष

महेन्द्रनगर ५ असोज । कञ्चनपुरको सामाजिक संस्था निड्स नेपाल र सिसिएनद्धारा सञ्चालित हरियो वन कार्यक्रमका उपलब्धि तथा सिकाई वेदकोट नगरपालकालाई हस्तान्तरण गरिएको छ ।...

सोमबार तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल

वि.सं.२०७७ साल असोज ०५ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया