सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा जंगली जनावरले बालीनाली सखाप

बैतडी । जंगली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जंगली बँदेलले नष्ट गर्न थालेको हो ।

मकैबाली जंगली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार–३ श्रीकोटका प्रेमसिंह विष्टले बताए । उनले भने, ‘जंगली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ ।’ सुर्नया गाउँपालिकाका पनि विभिन्न क्षेत्रमा लगाएको मकैबाली जंगली जनावरले खान थालेको छ ।

गाउँपालिका–७ को मालमपुर, सिजालगायतका क्षेत्रमा बँदेलले हैरान बनाएको स्थानीय दीपेन्द्र कुँवरले बताए । फौजी किरा र फेदकटुवा किराले अन्नबाली नष्ट गरेको तथा बँदेल जंगली जनावरले समेत अन्नबाली खाइदिँदा किसान भोकमरी हुने भन्दै चिन्तामा परेका छन् । विभिन्न रोग कीराबाट बचाएर पसाउन लागेको मकैबाली जंगली जनावरले नष्ट पार्ने गरेको स्थानीय गजबहादुर गोयलाले बताए ।

World Link Ads
Mahakali Polytechnic

मकैबाली जोगाउन धौधौ
बैतडीका किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि जंगली बँदेल, दुम्सीलगायतका जनावरले मकैबाली सखाप पारेको किसान बताउँछन् ।

जिल्लाको सबैजसो स्थानीय तहमा जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको किसानले बताएका छन् । जंगली बँदेलले खेतमा लगाएको मकैबाली पूरै नष्ट गरेको दशरथचन्द नगरपालिका–१ का किसान वीरबहादुर टेरले बताए ।

Sana Kishan

मकैबाली जोगाउन रातभर पहरा दिए पनि जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको सुर्नया–६ का केशवदत्त अवस्थीले बताए । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि क्षतिपूर्ति पाउन नसकेको किसानले बताएका छन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानले बर्सेनि बालीनालीमा क्षति व्यहोर्दासमेत सरकारले केही राहत नदिएको किसानले गुनासो गरेका छन् । स्थानीय सरकारले किसानका समस्या समाधान गर्न नसकेको किसान टेरले बताए । बैतडीमा १४ हजार ५०० हेक्टर जमीनमा मकैखेती गरिँदै आएको छ ।

किसानलाई बाँदर धपाउने यन्त्र वितरण

बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाका विभिन्न वडाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । बाँदरले वर्षौँदेखि बालीनाली नष्ट गरिरहेका किसानको सजिलोका लागि बाँदर धपाउने यन्त्र वितरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिए ।

नगरपालिकाको वडा नं ५ मा २५ यन्त्र वितरण गरिएका छन् । प्रत्येक टोलका किसानलाई पायक पर्ने गरेर यन्त्र वितरण गरिएको हो । नगरपालिकाले स्याङ्जाको जयलक्ष्मी आँधीखोला कन्स्ट्रक्शन प्रालिबाट १०० थान बाँदर धपाउने यन्त्र खरीद गरेको हो ।

नगरपालिकाका बाँदर प्रभावित अन्य वडाका किसानलाई यन्त्र वितरण गरिने उपप्रमुख चन्दले जानकारी दिए । बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउँदै जाँदा मेशिनले ठूलो आवाज निकाल्ने भएकाले बाँदर भाग्ने बताइएको छ ।

यन्त्र वितरण गरिएका किसानलाई यन्त्र चलाउन पनि सिकाइएको छ । नगरपालिकाले बाँदर नियन्त्रण गर्ने योजनाअन्तर्गत रू. ३ लाखको लागतमा यन्त्र किनेको जनाइएको छ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.