Monday, September 21, 2020

बैतडीमा महाकाली वृहत जलाधारले निर्माण गरेको पोखरी पाँच दिन पनि टिकेन

- Advertisement -

साउन २३, बैतडी । यस जिल्लाकोे डिलासैनी गाउँपालिका– ५ मा निर्माण गरिएको एक सिंचाई पोखरी निर्माण गरेको पाँच दिनमा भत्किएको छ ।

महाकाली बृहत जलाधार पाटन बैतडीको गत आर्थिक वर्ष रू.२ लाख ५० हजारको लगानीमा दह सिंचाइ पोखरी योजनाले निर्माण गरेको उक्त पोखरी निर्माण सम्पन्न गरेको पाचँ दिनमा भत्किएको हो ।

पाचँ दिन पनि नटिकेको पाखरीमा उपभोक्ता समिति र जलाधार कार्यालयले अनियमिता गरेको हुन सक्ने स्थानीयले बताएका छन् ।पोखरी निर्माण गर्दा पैसा बचाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीयको भनाइ छ ।

उपभोक्ता समिति गठन गर्दा र योजना सम्झौता हुँदादेखि योजना सम्पन्न गर्दासम्म वडालाई कुनै जानकारी नगराएको सोहि वडाका वडाध्यक्ष मान बहादुर बोहराले बताए ।
‘मैले त यो पोखरी निर्माण गरेको भन्ने पनि थाहा पाइन’, वडाध्यक्ष बोहराले भने ।

योजना सम्झौता गर्दा र सम्पन्नपछि अन्तिम भुक्तानी दिंदा कार्यालयले वडाको सिफारिस र वडाका जनप्रतिनिधिको अनुगमन प्रतिवेदन माग्नु पर्ने हुन्छ ।

तर महाकाली बृहत जलाधार पाटन बैतडीले उक्त पोखरी सिंचाई योजनासँग कुनै यस्ता कागजात नमागेको देखिएको छ । आफुहरुले सम्झौता र सम्पन्न पश्चात वडावाट कुनै सिफरिस नमागेको दह सिंचाइ पोखरी योजनाका उपभोक्ता समिति अध्यक्ष नर बहादुर नाथले बताए ।

‘वडाबाट सिंचाई पोखरी आवस्यक छ भन्ने सिफारिस माग्यौं त्यस पछि कुनै सिफारिस मागेनौं’ उनले भने । कार्यालयले योजनाको सम्झौता गर्दा र फरफारक गर्दा वडाको सिफारिस नमागेको र प्राविधिक आफैं फिल्ड गएर अन्तिम मुल्यांकन गरेको महाकाली बृहत जलाधार पाटन बैतडीका प्रमुख राज कुमार गुप्ताले बताए ।

‘कच्ची पोखरीमा राती केटाकेटीहरुले पानी लगाएर एकातिरको प्रर्खाल भत्केको खबर पाएको छु, मैलै बुझ्नलाई प्राविधिक पठाएको छु’ उनले भने ।

पोखरी निर्माण गर्दा कमसल वस्तु प्रयोग नगरिएको र पोखरी निर्माण गरिएको ठाउँ कच्ची भएकाले भासिएर प्रर्खाल भत्केको उक्त कार्यालयले बताएको छ । असारमा हतारमा निर्माण गरि बनाएका योजनाहरु दिर्घकालिन नहुने स्थानीय बताउँछन् ।-आर्थिक अभियान

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

भारी छुटसहित नेपाल टेलिकमले ल्यायो विभिन्न ‘अनलिमिटेड प्याक’ अफरः के(के छन्...

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा सस्तो मूल्यमा विभिन्न अनलिमिटेड प्याक अफर ल्याएको छ । https://youtu.be/KAW2MBJFByo टेलिकमले युट्युब (ग्लष्mिष्तभम थ्यगतगदभ), अनलिमिटेड फेसबुक...

जनकपुर-जयनगर रेल: भारतै फर्काइए रेल सेट

काठमाडौं । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता...

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...

काठमाडौंदेखि मन्थलीसम्म विद्युतीय मिनी बस गुड्यो

काठमाडौं । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम...

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल...

सुदूरपश्चिमका ९ हजारलाई तत्काल रोजगारी दिन १५ करोड विनियोजन

वीरेन्द्र भट्ट धनगढी । कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरूलाई तत्काल रोजगारी सृजना हुने कार्यक्रम सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले रू. १५ करोड बजेट विनियोजन गरेको...

नेपालले खरिद गरेका दुई रेल आज आउँदै

काठमाडौँ – जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया