Friday, October 2, 2020

एनसेलको वायर फ्री वाईफाई सुरु, यसरी लिनुहोस् टक टाइम र डेटा बण्डल सहितको सेवा

- Advertisement -

काठमाडौ । अब नेपालका उपभोक्ताले गुणस्तरीय वायर फ्री इन्टरनेट र वाईफाई कनेक्टिभिटीको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजीयाटा लिमिटेडले नेपालमै पहिलो पटक वायरफ्री प्लस वाईफाई सेवा सुरु गरेको हो ।

एनसेल प्रालिबाट एनसेल आजीयाटा लिमिटेड बनेको कम्पनीले नेपाली उपभोक्तामाझ पहिलो उपहारको रुपमा यो सेवा सुरु गरिएको जनाएको छ । अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत मंगलवारदेखि सुरु भएको वायर फ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक दुवै प्रयोजनका लागि लक्षित वाईफाई सेवा हो ।

यो प्रविधि अन्तर्गत उपभोक्ताले तार बिना नै डेटा सेवा लिन सक्नेछन् । कम्पनीको योजना अनुसारको आकर्षक बण्डलिङ सेवा अन्तर्गत ग्राहकले दुई वटा फोरजी सिमकार्ड पाउने छन् ।

प्लानका आधारमा दुवै सिममा पाँच जीबीदेखि दश जीबी डेटा, कम्पनीकै नेटवर्कभित्र कुरा गर्न सकिने गरी हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टीभी लगायतका डिजिटल कन्टेन्टहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

साथै वायर फ्री प्लस वाईफाई सेवाका लागि हप्ताको सातै दिन, २४ सै घण्टा ग्राहक सेवा उपलब्ध हुने बताइएको छ । गत महिनादेखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्री बूकिङ लिन सुरु गरेको थियो ।

एनसेलका चिफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिन वायर फ्री वाईफाई एक नयाँ सुरुवात भएको बताए । ‘प्री–बूकिङमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहित भएका छौं ।

यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोक्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान दिनेछ ।’

मासिक ६९० रुपैयाँमा कम्पनीको वार्षिक प्लानमा सहभागी हुन सकिनेछ । जसअन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसार गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समूह मध्ये कुनै पनि समुह अन्तर्गतको प्लान रोज्न सक्नेछन् ।

गोल्ड समूहअन्तर्गत ग्राहकले वार्षिक प्लानमा कर बाहेक मासिक ६९० रुपैयाँमा ६० जीबी वायर फ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र दुई वटा फोरजी सिम कार्डमा मासिक पाँच जीबी डेटा प्राप्त गर्नेछन् ।

त्यस्तै प्लाटिनम समूहअन्तर्गत ग्राहकले करबाहेक मासिक ८६० रुपैयाँमा ८५ जीबी वायरफ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा मासिक १० जीबी डेटा प्राप्त गर्नेछन् ।

यसैगरी डायमण्ड समूहअन्तर्गत ग्राहकले करबाहेक मासिक ९५० रुपैयाँमा १०० जीबी वायरफ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटै फोरजी सिम कार्डमा मासिक १० जीबी डेटा प्राप्त गर्नेछन् ।

इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गरी कम्पनीको यो सेवा लिन सक्ने जनाइएको छ । ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट समेत बूकिङ गर्न सक्नेछन् ।

प्याकेजको समयसीमाअनुसार ग्राहकले पहिलो पटक क्रमशः ५००, २,५०० वा ३,५०० तिर्नु पर्नेछ ।४२० दिनको समयसीमा रहेको प्याकेजको हकमा ग्राहकले यो शूल्क छूट पाउनेछन् ।

ग्राहक लिने प्याकेज अनुसार यी प्याकेजअन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधिभित्र प्रयोग गरी नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप नहुने एनसेल आजीयाटाले जनाएको छ ।

सुरुको चरणमा सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, डडेल्धुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटासम्मका विभिन्न ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध छ । कम्पनीले प्राप्त बूकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरिसकेको छ ।

नयाँ थिम ‘प्लस’ अन्तर्गत नै एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युव प्लस’ अफर, इण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरपल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीको विश्वास छ ।

एनसेल आजीयाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी यो सेवाको बारेमा थप जानकारीको लागि जानकारी लिन सक्नेछन् । अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी बुझ्न सक्ने बताइएको छ ।

साथै यहाँ क्लिक गरेर समेत कम्पनीको वायर फ्री प्लस वाईफाई सेवाको बारेमा विस्तृत जानकारी लिन तथा सेवाको बूकिङ गराउन सकिनेछ । टेकपाना डटकम बाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चेतन बोहराको दशै गित ‘फूलको माला ’ सार्वजनिक(भिडियो सहित)

मदन गिरी महेन्द्रनगर १५ असोज । उदयमान युवा गायक तथा मोडेल चेतन बोहराको दशैँ गित फूलको माला सार्वजनिक भएको छ । गायक चेतना बोहरा र...

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

बुद्धले दैनिक २९, यतिले १८ उडान गर्ने

काठमाडौं । सरकारले आन्तरिक हवाई उडानको कोटा बढाएको छ । यसअघि ५ असोजबाट उडान सुरु हुँदा १४ असोजसम्मको उडान तालिका नेपाल नागरिक उड्डयन प्राधिकरणले...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया