Friday, October 2, 2020

‘सटडाउन’ भनेको ‘लकडाउन’ होइन, कुन–कुन सेवा बन्द हुन्छन् ?

- Advertisement -

काठमाडौं– उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले साउन २५ गतेदेखि आइतबारदेखि विभिन्न सेवा कटौती गरेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिम वृद्धि हुँदै गएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा कटौती गरेका हुन् । सर्वसाधारणले भने सेवा बन्दलाई फेरि लकडाउनकै रुपमा बुझेका छन् । त्यो होइन ।

जिल्ला प्रशासन कार्यालयले आफूले प्रदान गर्ने सेवाहरुमात्रै कटौती गरेका हुन् । प्रशासन कार्यालयले दिने नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता तथा नवीकरण, राहतदानी वितरण, नाबालिग परिचयन पत्र वितरणजस्ता सेवा बन्द गरिएका छन् । NTV

तर, शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा, अत्यावश्यक सवारी पास र विपद् सम्बन्धी कार्य भने यथावत् रहन्छन् ।

आफ्नो कार्यालयको चाप घटाउन प्रशासन कार्यालयहरुले यस्तो निर्णय गरेका हुन् । अन्य कार्यालयले भने आफ्ना सेवा कटौतीबारे निर्णय स्वयं आफै गर्नेछन् । नागरिक सचेत हुने, स्वास्थ्य सजगता नअपनाउने हो भने लकडाउनको अवस्था आउन सक्छ । NTV

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चेतन बोहराको दशै गित ‘फूलको माला ’ सार्वजनिक(भिडियो सहित)

मदन गिरी महेन्द्रनगर १५ असोज । उदयमान युवा गायक तथा मोडेल चेतन बोहराको दशैँ गित फूलको माला सार्वजनिक भएको छ । गायक चेतना बोहरा र...

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया