सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भ्याक्सिनले १२ अगस्टमा स्वीकृति पाउने

मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भ्याक्सिनले १२ अगस्टमा स्विकृति पाउने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुलासा गरेका हुन् । ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइनेछ ।

गत साता स्वास्थ मन्त्री मिखाइल मुरास्र्काेले अक्टुबरदेखि देशव्यापी सामुहिक भ्याक्सिन कार्यक्रम सुरु गर्ने योजना बनाइएको बताएका थिए । मुरास्र्कोले यसका लागि सबै खर्च सरकारले व्यहार्ने पनि जानकारी गराएका थिए ।

World Link Ads
Mahakali Polytechnic

‘गामेलेई सेन्टरमा विकास भएको भ्याक्सिनको दर्ता अगस्ट १२ मा हुनेछ,’ रुसी सञ्चारमाध्यम आरटीकाअनुसार शुक्रबार बिहान ग्रिडनेभले पत्रकारसँग भनेका थिए,‘अहिले अन्तिम चरण अर्थात् तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको छ । यो परीक्षण हो र अति महत्वपूर्ण छ । हामीले यो बुुझ्न जरुरी छ कि भ्याक्सिन आफैंमा सुरक्षित हुनैपर्छ ।’

१८ जुनमा मस्कोस्थित सेचेनोभ विश्वविद्यालयमा भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु भएको थियो । ३८ स्वयंम्सेवक सहभागी भएको अध्ययनमा यसले सुरक्षा प्रोटोकल पूरा गरेको रुसको दाबी छ । रुसका अनुसार क्लिनिकल ट्रायलमा सहभागी सबैमा संक्रमणविरुद्ध इम्युनिटी विकास भएको थियो ।

रुसले तिव्र गतिमा भ्याक्सिन निर्माण गर्न सफल हुँदा पश्चिमा देशका केही व्यक्तिहरुको आँखीभैं ठाडो भएको पनि आरटीमा प्रकाशित समाचारमा उल्लेख छ ।

‘तर, सेचेनोभका शीर्ष वैज्ञानिक भादिम तारासोभले भनेका छन् कि रुसले पछिल्ला २० वर्ष भाइरसको अध्ययनबारे क्षमता विकासमा काम गरिरहेको छ र कसरी भाइरसहरु फैलन्छन् भन्नेबारे बुुुुझ्ने गर्ने प्रयास गरिरहेको छ,’ समाचारमा उल्लेख छ ।

Sana Kishan

विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित शीर्ष ४ देशमध्ये रुस एक हो । यहाँ ८ लाख ७० हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने १४ हजार ७ सय २५ जनाको मृत्युभइसकेको छ । रुसभन्दा धेरै संक्रमण अमेरिका, ब्राजिल र भारतमा देखिएको छ ।

एडेनोभाइरस नामक कमन कोल्डमा आधारित रहेर रुसले भ्याक्सिन विकास गरेको हो । भ्याक्सिनको अध्ययनका लागि लगान िगरेको रुसको सोभर्जियन वेल्थ फन्डका प्रमुख किरिल डिमिट्रिइभले गत साता भ्याक्सिन निर्माणको प्रक्रियालाई अन्तरिक्ष यान बनाउने प्रतिस्पर्धासँग जोडेका थिए ।

‘अमेरिकीहरुले जब स्पुटनिक (सोभियत यूनियनले बनाएको विश्वको पहिलो अन्तरिक्ष यान) को आवाज सुने, त्यतिबेला उनीहरु आश्चर्यमा परे । अहिले भ्याक्सिनसँग यस्तै भएको छ । रुसले पहिले यो हासिल गर्नेछ,’ उनले युएस टिभीसँग भनेका थिए ।

डब्ल्युएचओको प्रतिक्रिया

यसअघि भ्याक्सिन निर्माणबारे प्रतिक्रिया दिदैं विश्व स्वास्थ संगठनले हतार नगर्न चेतावनी दिएको थियो । प्रक्रियासम्मत रुपमा भ्याक्सिन निर्माणलाई निरन्तर दिनुपर्ने र यसमा हतार गर्न नहुने डब्ल्युुएचओले जनाएको थियो ।

चीन, बेलायत र अमेरिकासहित अन्य देश पनि सम्भावित भ्याक्सिन निर्माणका लागि जुटिरहेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार गर्ने भ्याक्सिन, चीनको सिनोफार्म र अमेरिकाको मोडर्ना कम्पनीले तयार गर्न लागेको भ्याक्सिन परीक्षणको अन्तिम अर्थात् तेस्रो चरणमा छन् ।

स्रोत : आरटी/राताेपाटी

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.