सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उदयदेब बहुउद्देश्यीय सहकारीका कोषाध्यक्ष भट्टको राजीनामा

महेन्द्रनगर  उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि। का कोषाध्यक्ष निरञ्जन प्रसाद भट्टले राजीनामा दिएका छन् । सहकारीको नयाँ समिति चयनमा असन्तुष्ट भट्टले एक महिना अघि राजीनामा दिएका थिए । उदयदेबको कार्य समितिले शुक्रबार भट्टको राजीनामा स्वीकृत गरेको हो ।
सहकारीका संस्थापक सदस्य सहकारी ऐन विपरित अध्यक्ष र केही सञ्चालक चयन गरिएको भन्दै अधिवेशनमै असन्तुष्टि जनाएका थिए । त्यसपछि उनले राजीनामा दिएका हुन् ।
‘सहकारी ऐन विपरित समितिमा अध्यक्ष र केही सञ्चालक मैले अधिवेशनमै असन्तुष्टि जनाएको थिए’ उनले भने,‘त्यसपछि राजीनामा दिएर बाहिर आए, शुक्रबार सहकारीको कार्य समितिले मेरो राजीनामा स्वीकृत गरेको छ ।’
सहकारीलाई ऐन कानुनका आधारमा सञ्चालन गर्न पर्ने पक्षमा आफू रहेको उल्लेख गर्दै उनले सहकारीका ऐन नियम र सिद्धान्त अनुसार सहकारी सञ्चालन हुनु पर्नेमा अडिग रहेको बताए ।

Sana Kishan

सहकारीको अविधेशनबाट वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दको अध्यक्षतामा नयाँ समिति चयन गरिएको थियो । कोषाध्यक्ष भट्टले सहकारी ऐन अनुसार चन्द अध्यक्ष बनाउन नहुने अडान लिएका थिए । उनी २१ वर्षदेखि सहकारीको नेतृत्व गर्दै आएका छन् ।
‘सहकारी ऐनमा दुई कार्यकाल भन्दा बढी नेतृत्व गर्न नपाइने प्रष्ट व्यवस्था छ, सार्वजनिक पदधारण गरेकालाई पनि जिम्मेवारी दिन नहुने व्यवस्था छ’ उनले भने,‘ती सबै व्यवस्था लत्याएपछि राजीनामा दिएर बाहिरिएको छु ।’
उदयदेब सहकारीका कञ्चनपुरको सबैभन्दा ठूलो सहकारी संस्था हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.