सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ताको कार्य निरन्तर जारी

महेन्द्रनगर ः कञ्चनपुर जिल्लाका नौ वटै स्थानीय तहहरुमा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ताको कार्य निरन्तर जारी रहेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नौ वटै स्थानीय तहहरुमा आवश्यक सामग्री र उपकरण सहित ८६ जना कम्प्युटर अपरेटर परिचालन गरी राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ताको कार्य जारी राखिइएको हो ।

Sana Kishan

गत चैत्रबाट शुरु गरिएको विवरण दर्ताको काम बन्दाबन्दीको समयमा स्थगित गरिएको भएता पनि असारको अन्तिम सातादेखि पुनः विवरण दर्ताको काम सुचारु गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।
राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता अभियानमा जिल्लाभरीमा हालसम्म १६ हजार भन्दा बढी मानिसहरुले विवरण दर्ता गराइसकेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.