Wednesday, September 23, 2020

सरकारकाे नयाँ मापदण्डः अब चाडपर्व घरपरिवारमा मात्रै मनाउनु पर्ने

- Advertisement -

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड-२०७७ जारी गरेको छ ।

मन्त्रालयले आगामी दिनहरुमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरुको समय आउँदै गरेकोले कोभिड –१९ को संक्रमणको जोखिम कम गर्न सुरक्षित रुपमा पर्व कसरी मनाउने भन्ने विषयमा मापदण्ड तयार पारेको बताएको छ ।

मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने उल्लेख छ । सम्भव भएसम्म एकाघरका परिवारका सदस्ययहरुमात्रै बसी चाडबाड तथा पर्वहरु मनाउन भनिएको छ ।

चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने र चाडपर्व ,जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने भनिएको छ ।

त्यसैगरी धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने तथा सतहहरु (रेलिङ, बार आदि) देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने समाग्रीहरु छुनुहुँदैन ।

कुनै पनि धार्मिक कार्यक्रम तथा भेला गर्दा भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्यका सुरक्षासहित तालिम प्राप्त कर्मचारी वा स्वयंसेवकहरुको व्यवस्था गर्ने र कार्यक्रमस्थलको सरसफाइ र हरेक दिन कम्तीमा दुई पटक डिस्इन्फेक्ट गर्न उल्लेख गरिएको छ ।

साथै सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्नै परेमा प्याकेजमा स्वस्थ्य व्यक्तिले पञ्जा लगाएर प्याक गर्ने व्यवस्था मिलाउने र प्रसाद वा अन्य फलफूलहरु निश्चित व्यक्तिहरुले घरमै गएर बाँड्न मिल्ने व्यवस्था मिलाउनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरका सात प्रहरी निरीक्षकको सरुवा

नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले सोमबार ४ सय ८८ जना प्रहरी निरीक्षक...

बजाजको दशैं अफर: २०% डाउन पेमेन्टमा पल्सर १२५ किन्दा यस्तो छ...

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

वेदकोट नगरपालिकाले जडान ग¥यो राजमार्गका चोक-चोकमा नाईट भिजन क्यामेरा

महेन्द्य्रनगर ६ असोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि...

वेदकोटलाई हरियो वन कार्यक्रमका उपलब्धी हस्तान्तरण, प्रभावकारी रहेको निष्कर्ष

महेन्द्रनगर ५ असोज । कञ्चनपुरको सामाजिक संस्था निड्स नेपाल र सिसिएनद्धारा सञ्चालित हरियो वन कार्यक्रमका उपलब्धि तथा सिकाई वेदकोट नगरपालकालाई हस्तान्तरण गरिएको छ ।...

सोमबार तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल

वि.सं.२०७७ साल असोज ०५ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार किशोर निरौला र टेक खड्कालाई

काठमाडौं( यस बर्षको हेम(सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पत्रकारद्वय किशोर निरौला तथा टेकबहादुर खड्कालाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको आज बसेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया