Monday, October 26, 2020

अयोध्यामा मोदीलाई भूमि पुजन गराउने पुरोहित नेपाली

- Advertisement -

काठमाडौं, २३ साउन । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमि पुजन गरे। मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भूमिमा मन्दिरको शिलान्याश गर्न पुगेका मोदीलाई भूमि पूजन पुरोहित आचार्य दुर्गाप्रसाद गौतमले गराए। गौतम नेपाली नागरिक भएको तथ्य बीबीसी नेपाली सेवाले पत्ता लगाएको छ।

कार्यक्रमपछि पुरोहित गौतमले अयोध्यास्थित भव्य समारोहमा मोदीलाई भूमि पुजन गराउन पाउँदा र गौरवपूर्ण ऐतिहासिक दिनको साक्षी बन्ने अवसर पाउँदा आफूलाई गर्व लागेको बताए। यो सारा नेपालीकै लागि गर्वको विषय भएको उनको भनाई छ।

मोदीले बुधवार अयोध्यामा २ घण्टा विताएका थिए। आधा घण्टा बढी समय पुजा गरेका थिए। पुजा गर्दा पुरोहित गौतमले मोदीकै छेउमा बसेर मन्त्रोचारण गर्दै पुजा गराएका थिए।

भूमि पुजनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको रामसँग आत्मीय सम्बन्ध माता जानकीका कारण जोडिएको बताएका थिए।

झापाको बाहुनडाँगी घर भएका गौतम गाउँमै प्राथमिक शिक्षा लिएर थप अध्ययनका लागि भारत गएका थिए। बनारस र दिल्लीबाट उच्च शिक्षा हासिल गरे। संस्कृत व्याकरणमा आचार्य गरेर पुरोहित बने।

अहिले अयोध्यास्थित वेद विद्याश्रममा पढाउँछन्। विद्यावारिधिको तयारीमा छन्।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेहा कक्करले गरिन् रोहनप्रितसँग विवाह

दिल्ली । बलिउड गायिका नेहा कक्कर र गायक रोहनप्रित विवाह बन्धनमा बाधिँएका छन् । विवाहका लागि उनीहरु परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए । केही...

मलेसियामा अशक्त र अलपत्र अवस्थामा भेटिएका एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । शुक्रबार दिउँसो...

भारतीय सेनाध्यक्ष नरवणे नेपाल आउँदै

काठमाडौँ — भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण आगामी कात्तिकमा गराउन नेपाली सेनाले तयारी सुरु गरेको छ । नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ...

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर...

इतिहासमा आज – अमेरिकाद्वारा अफगानिस्तानमा आक्रमण सुरु

आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा...

दिल्ली क्यापिटल्सले बैंगलोरलाई ५९ रनले हरायो

२० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । विशाल अन्तरको...

समाजसेवी केपी खनाललाई ‘युथ आइकन २०२०’ सम्मान

कैलालीका समाजसेवी युवा केपी खनाल भारतको नयाँदिल्लीमा ‘युथ आइकन २०२०’बाट सम्मानित भएका छन् । कलिलो उमेरमै गाउँघरमा समाजसेवामा सक्रिय खनाललाई राइजिङ्ग टुंकल फाउन्डेसनले गान्धी जयन्तीको...

आइपीएल : रोहित शर्माको किर्तिमानी सँगै मुम्बई इन्डियन्स विजयी, किंग्स इलेवन...

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया