सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाकिस्तानले जम्मु–कश्मीर समेट्दै नयाँ नक्सा जारी ग¥यो

इस्लामाबाद- जम्मु र कश्मीरलाई समेट्दै पाकिस्तानले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।

भरत सरकारले संविधानको धारा ३७० खारेज गर्दै जम्मु–कश्मीरको स्वायत्तता खोसेको एक वर्षपछि पाकिस्तानले उक्त भूभागलाई आफ्नो भूमिमा समेटेको हो । २०१९ को अगस्ट ५ मा दिल्लीबाट नरेन्द्र मोदी नेतृतवको सरकारले संविधानको धारा ३७० खारेज गरिदिएको थियो ।

लामो समयदेखि अशान्त रहेको यस क्षेत्र मोदी सरकारको निर्णयपछि झन् अशान्त बन्दैआएको छ । यससँगै पाकिस्तानले उक्त मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने भन्दै पहल गर्दैआएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सोही अनुरुप पाकिस्तानले भारतले दावी गरेको जम्मु–कश्मीरलाई आफ्नो राजनीतिक नक्सामा समेटेको हो ।

Dirghayu Ads

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने ऐतिहासिक दिन भन्दै व्याख्या गरेका छन् । त्यसो त, जम्मु–कश्मीरको स्वायत्तता खोसेपछि पाकिस्तानीहरुले त्यस विरुद्ध प्रदर्शन गर्नुका साथै पाकिस्तानी प्रधानमन्त्रीले उक्त भूभागका जनतालाई पाकिस्तानले समेट्न तयार भएको प्रतिक्रिया दिएका थिए ।

यसवाहेक कश्मीरको केही भागमा पाकिस्तानले र जम्मु–कश्मीरको केही भाग भारतले शासन गर्दैआएका छन् । जम्मु–कश्मीरको मुद्दा पाकिस्तानले यसअघि पनि अन्तर्राष्ट्रिय फोरममा उठाइसकेको छ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.