सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रहरी उपरीक्षकसहित ३ प्रहरीले जिते कोरोना

स्याङ्जा – स्याङजाका प्रहरी उपरीक्षकसहित ३ प्रहरीले कोरोना जितेका छन् । उनीहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख (एसपी) विमलराज कणेलसहित हवल्दार मिनबहादुर शाही र प्रहरी जवान मरकध्वज चौधरीले कोरोना जितेका हुन् । समुदायको सेवाका निम्ति अग्रपंक्तिमा खटिएर काम गरेका प्रहरी प्रमुख कणेलसहित ४० जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।

अझै ३७ जना भिरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा उपचाररत छन् । साउनको पहिलो साता ३ जना प्रहरी कर्मचारीमा संक्रमण देखिएको थियो । साउन १२ गतेको प्रहरी प्रमुख कणेलमा कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेट भए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आफ्नै निवासमा बसेर नियमित व्यायाम र खानपानमा ध्यान पु¥याउँदै आएका प्रमुख कणेलले नवौं दिनमा कोरोना जित्न सफल भएको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

जिल्लाको उच्च पदमा रहेर कोरोना संक्रमित हुने उनी पहिलो व्यक्ति हुन् । यसैगरी, गण्डकी प्रादेशिक कार्यालय पोखराले बिहीबार फेरि स्याङजाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमित हुनेमा फेदिखोला गाउँपालिकाका २७ र ३९ वर्षीय पुरुष रहेको प्रादेशिक निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए । उनीहरु भारतवाट आइ क्वारेन्टाइनमा बसेका जिल्ला स्वास्थ्य प्रमुख शर्माले बताए । उनका अनुसार योसँगै स्याङ्जामा संक्रमण पुष्टि हुनेको संख्या २ सय ८२ पुगेको छ ।

उपचारपछि १ सय ९८ जना निको भएर घर फर्केका छन् भने ८२ जना विभिन्न आइसोलेसनमा उपचाररत छन् । कोरोनाका कारण २ जनाको मृत्यु भएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.