Wednesday, October 21, 2020

पर्सामा ४३ थुनुवासहित थप १ सय ४२ जनामा कोरोना

- Advertisement -

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा हुन् ।

वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका थप तीन जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार थपिएका संक्रमितमा २२ जना महिला छन् । संक्रमितमध्ये तीन जना बारा र चार जना रौतहटका छन् । २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन् । आर्मी ब्यारेकका थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।

बिहीबार पत्ता लागेका संक्रमितमध्ये २८ जना वीरगन्ज महानगरपालिका–२८ सिर्सिया, खल्वा टोलाका हुन् । गत साउन १८ मा महानगरपालिकाले उक्त वडामा ‘मास ट्रेसिङ’ गरी स्वाब संकलन गरेको थियो ।

वीरगन्ज–१० अशोकवाटिकामा १० जना र आदर्शनगरमा थप ३ जनामा संक्रमण देखिएको छ । १० संक्रमित वीरगन्जको श्रीपुर र मर्लीका बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले विभिन्न मितिमा पक्राउ परेका थुनुवा र प्रहरीको स्वाब संकलन गर्दा ४३ जना थुनवा र एक प्रहरीमा संक्रमण पुष्टि भएको बताए ।

‘संक्रमण नफैलियोस् भनेर दुईवटा वडा प्रहरी कार्यालय र इनर्वा प्रहरी चौकीमा थुनुवाहरूलाई राखेका थियौँ,’ उनले भने, ‘तर, उनीहरू बाहिरबाटै संक्रमित भएर आएका रहेछन् ।’

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चाणक्य नीति: यी ३ प्रकारका मानिससँग सधै टाढा हुनुहोस् !

आचार्य चाणक्यले बनाएका नीति आज पनि त्यत्तिकै सान्दर्भिक र बहु उपयोगी छन् । जो कसैले पनि चाणक्यको नीतिशास्त्रमा बताइएका नीतिको सही तरिकाले पालना गरेमा...

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

धनगढीमा असई र प्र’हरी जवानको ह’त्या आरोपमा प’क्राउ परेका ७ जना...

कैलाली- धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार...

दार्चुलामा पहिलो पटक कोरोनाले एक पुरुषको मृत्यु

धनगढी, ४ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका...

भारतबाट उद्धार गरी २४ बालबालिका नेपाल ल्याइयो

भैरहवा, कार्तिक ४ रोजगारीका लागि भन्दै भारत पु¥याइएका २४ जना बालबालिकालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ। दिल्लीमा रहेको नेपाली दूतावास, दिल्ली प्रहरी, दिल्ली महिला आयोगको...

नियमित करेला खानुका यति धेरै छन फाइदा

अहिलेको मौसमी तरकारी क’रले । ती’तो–ट’र्रो क’रेला अधिकांशलाई मीठो लाग्छ । मीठो मात्र हो र ? क’रेला आफैमा पो’षक तत्वले भरिपूर्ण त’रकारी पनि हो...

वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरिक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा...

यी ७ वर्गमा पर्ने नागरिकको कोरोना परीक्षण र उपचार सरकारले गरिदिने

सात वर्ग तोक्दै त्यसमा पर्ने नागरिकका लागि कोरोनाको परीक्षण तथा उपचार निःशुल्क व्यवस्था गरिएको सरकारले जनाएको छ। सरकारले निःशुल्क परीक्षण तथा उपचारका लागि तोकेका लक्षित...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया