सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा पहिरोले घर पुर्दा दुईको मृत्यु

बैतडीको डिलाशैनी गाउँपालिका–४ बलालीमा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बलालीका ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेश रहेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार, बिहीबार मध्यराति १२ बजेतिर पहिरो खस्दा घरभित्र सुतिरहेका आमा र छोराको मृत्यु भएको हो। १६ वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन्।

Sana Kishan

घरभित्र पुरिएका दुवै जनाको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ।

World Link Ads
Mahakali Polytechnic

मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा छन्। सो ठाउँमा तलतिर पनि पहिरो खस्ने सम्भवाना रहेकाले अरु घर पनि पहिरोको जोखिममा परेका स्थानीय महेश पन्तले बताए।

लगातार वर्षा भइरहेकाले पहिरोको जोखिम पनि बढ्दै गएको छ। जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका अनुसार बैतडीका आठ स्थानीय तहमा पहिरोको उच्च जोखिम छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.