Wednesday, October 28, 2020

गर्भपतन चक्की खाँदै हुनुहुन्छ ? यस्ता छन् साइडइफेक्टहरु

- Advertisement -

गर्भ रहनु एक सुखद क्षण हो, दम्पतीको लागि । यद्यपि यो त्यहीबेला सुखद हुन्छ जब दम्पतीले सन्तानको योजना बनाउँछन् । सन्तानको रहर पुरा गरिसकेपछिको अवस्थामा गर्भ रह्यो भने ? दम्पतीको लागि टाउको दुखाईको विषय बन्छ ।

असुरक्षित यौन सम्बन्ध वा सावधानी अपनाउँदा अपनाउँदै पनि बेलाबखत गर्भ रहन जान्छ । यस्तो अवस्थामा दम्पतीसँग दुईवटा विकल्प मात्र बाँकी रहन्छ, सन्तान जन्माउने वा गर्भपतन गर्ने ।

आनिश्चित अवधीभित्र आधिकारिक स्वास्थ्य संस्थाबाट गर्भपतन गराउन कानुनी मान्यता छ । यसैगरी अहिले गर्भपतनका लागि चक्की सेवन पनि गर्न सकिन्छ । गर्भपतनको चक्की सहजै उपलब्ध हुने भएकाले धेरैजसोले अहिले यही विकल्प उचित ठान्ने गरेका छन् ।

यद्यपि चिकित्सकको परामर्श बिना गर्भपतन चक्की सेवन गर्दा जोखिम हुनसक्छ । यसले अल्पकालिन वा दीर्घकालिन दुबै रुपमा असर गर्न सक्छ ।

१० लाख बढी महिलाले गर्छन् सेवन

शोध अनुसार विश्वभरमा करिब १० लाख बढी महिलाले यस चक्की प्रयोग गरिरहेका छन् । यसमा १५ देखि ३४ बर्ष उमेर समूहका महिला सामेल छन् । चिकित्सकको सिफारिस बिना यो चक्की बिक्री गर्न नपाइने भएपनि बजारमा यो सहज रुपमा किनबेच हुने गरेको पाइन्छ ।

कहिले लिने गर्भपतनको चक्की

गर्भ रहेको निश्चित भएपछि चिकित्सकको परामर्श लिन जरुरी हुन्छ । चिकित्सकको सुझाव अनुसार नै तय गर्नुहोस् कि चक्की सेवन गर्नु उचित छ वा छैन भन्ने कुरा ।

विज्ञहरुका अनुसार यो चक्की तपाईंको अन्तिम महिनावरीको ४९ दिनभित्र अर्थात गर्भावस्थाको ९ औं हप्तासम्म लिन सकिन्छ । सामान्यत गर्भपतनका लागि दुई चक्की लिनुपर्छ । पहिलो र दोस्रो चक्कीबीच कति समय अन्तर आवश्यक हुन्छ, यो कुरा चिकित्सकबाट सल्लाह लिनुपर्छ ।

के छ ग्यारेन्टी ?

यदि गर्भपतनको चक्की पहिलो २ हप्ताभित्र र सही तरिकाले सेवन गरियो भने ९५ प्रतिशतदेखि ९७ प्रतिशतसम्म ढुक्क हुन सकिन्छ । यदि यस अवधिभित्र सेवन गरिएन भने एनिमिया, हदृय रोग आदिको समस्या हुनसक्छ ।

गर्भपतन चक्कीको असर

यसको अत्याधिक प्रयोगले शरीरमा बनिरहेको प्रेग्नेन्सी हर्मोन प्रोजेस्टेरन प्रभावित हुन्छ । यही कारण महिलाको फर्टिलिटीमा असर पुग्छ र उक्त महिलालाई दोस्रो पटक गर्भधान गर्न समस्या हुन्छ ।

कतिपय अवस्थामा यो चक्की लिएपछि भ्रुण पूर्ण रुपमा गर्भाशयबाट बाहिर निस्कन पाउँदैन । त्यसको केही अवशेष बाँकी रहन्छ ।

यो चक्की केवल ५० दिनभित्र सेवन गरिसक्नुपर्ने छ । यद्यपि कतिपयले यसलाई गर्भ रहेको तीन, चार महिनासम्म पनि सेवन गर्छन् । यसले रक्तश्राव धेरै हुने र संक्रमणको भय पनि बढाउँछ । खसमा यो चक्कीले शरीरमा बनिरहेको प्रोग्नेन्सी हर्मोन प्राजेस्टेरानको उत्पादन बन्द गरिदिन्छ । यही कारण भ्रुण गर्भाशयबाट अलग भएर बाहिर आउन थाल्छ साथै गर्भाशयको संकुचनले रक्तश्राव बढाउँछ । गर्भपतनको चक्कीले पेटमा अत्याधिक दुखाई हुनसक्छ । अनलाइनखबरबाट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

महेन्द्रनगर, १२ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा...

गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भए सँगै अत्यावश्यक बाहेकका अन्य सेवा...

अत्तरिया, कार्तिक १२ कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक भएमा मात्रै नगरपालिका कार्यालयमा सेवा लिन भनेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा...

मुखमा घाउ आयो ? घाउ हटाउने उपाय यो हो !

मुखभित्र, जिब्रो, गिजा, ओठलगायतका मुखको कुनादेखि लिएर कहिले काहीँ गालाको छेउसम्म देखिने साना बिबिरा, मसिना सेता खालका फोकाफोकीलेसताइ गरेको पाइन्छ ।यी घाउले खाना खान...

मुखभित्र देखिने क्यान्सरका पाँच संकेतहरु‘..

अहिलेको व्यस्त जीवनशैली, अस्वथ्य खानपान, दाँतको सरसफाइको कमि र धूम्र पानजस्ता खराब बानीहरुले हामीलाई क्या नसर जस्तो प्राण घातक रो गको ख तरा ज्यादा...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया