Thursday, October 29, 2020

मेडिकल कलेजले भर्ना लिन नमान्दा गेटमै बिरामीको मृत्यु

- Advertisement -

वीरगन्ज – वीरगन्जको नेशनल मेडिकल कलेजले उपचारका लागि भर्ना लिन नमान्दा एक बिरामीको मेडिकल कलेजकै अगाडि मृत्यु भएको छ । वीरगन्जका निजी अस्पतालले बिरामी भर्ना लिन नमानेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार नै जनस्वास्थ्यमा खेलवाड नगर्न सूचना जारी गरेको थियो ।

तर स्थानीय प्रशासनले सूचना जारी गरेकै दिन नेशनल मेडिकल कलेजले भर्ना लिन नमान्दा मेडिकल कलेजकै गेटमा बिहीबार बिहान वीरगन्ज १४ श्रीपुरका ६४ वर्षीय चलितर महत्तोको मृत्यु भएको हो ।

महत्तोलाई उपचारका लागि बिहीबार बिहान मेडिकल कलेजमा लिएर जाँदा भर्ना नलिएका कारण महत्तोको मृत्यु भएको मृतकका भाइ शम्भु महत्तोले बताए । बिरामी लिएर मेडिकल कलेजमा जाँदा गेटमा खटिएका कर्मचारीले एमडीले भनेपछि मात्रै भित्र जान दिने भन्दै रोकि दिएको भन्दै शम्भुले भने, ’दाइलाई कोरोना नभएको नेगेटिभ रिपोर्ट देखाउँदा पनि मानेन्, आधा घण्टासम्म हार गुहार गर्यौं तैपनि केही लागेन, दाइको मृत्यु भयो ।’

शम्भुका अनुसार, बुधबार राति महत्तोको दिशामा रगत देखिएको र श्वासप्रश्वासमा पनि समस्या भएपछि परिवारजनले उपचारका लागि बिहीबार बिहान मेडिकल कलेज लिएर गएका थिए ।

दुई दिनअघि हल्का ज्वरो र खोकी भएपछि महत्तोलाई मेडिकल कलेजमै लिएर जाँदा पीसीआर जाँचको रिपोर्ट लिएर आउनु भन्दै फर्काइ दिएका थिए । त्यसपछि साउन ११ र १५ गते गरी २ पटक पीसीआर परिक्षण गराउँदा महत्तोको दुवै पटकको रिपोर्ट नेगेटिभ आएको थियो ।

’बिहीबार बिहान गेटमा रोक्दा दुवै नेगेटिभ रिपोर्ट देखायौं तै पनि गेटमा खटिएका कर्मचारीले मानेन्, एमडीले भनेपछि मात्रै भर्ना लिन्छौं भने, मृतक महत्तोका भाइ शम्भुले भने, ’भर्ना लिन नमान्दा उपचार नपाएर दाइको ज्यान गयो।’

नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसेनले भने मेडिकल कलेजलाई बदनाम गराउन झुठो आरोप लगाइएको बताए । उनले भने, ’पीसीआरको नेगेटिभ रिपोर्ट लिएर आएका बिरामीलाई भर्ना गरेर उपचार गर्दै आएका छौं, गेटबाटै फर्काइएको आरोप झुठो हो । नेशनल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसरुद्धिन अन्सारीले भने आफूलाई यस विषयमा जानकारी नभएको बताए ।

हेलिकप्टर चाटर्ड गरेर काठमाडौं जाँदै बिरामी

वीरगन्जका निजी अस्पतालले लापरवाही गर्न थालेको र उपचार पनि विश्वसनीय नभएको भन्दै आर्थिक रुपमा सम्पन्न हुनेहरु हेलिकोप्टर चाटर्ड गरेर काठमाडौं जान थालेका छन् ।

पछिल्लो ३ दिनयता मात्रै ४ जना बिरामी उपचारको लागि हेलिकोप्टर चाटर्ड गरेर काठमाडौं गएका हुन् । साउन २० गते मंगलबार वीरगन्ज १० आदर्शनगरक सुत्केरी महिला अन्नु क्याललाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आर्दशनगरकै मुटुरोगी ६५ वर्षीय घनश्याम चाचानको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनी साउन २१ गते बुधवार हेलिकोप्टर चाटर्ड गरी काठमाडौं गएका हुन् ।

यस्तै श्वासप्रश्वासमा समस्या देखिएका वीरगन्जका शिक्षक समेत रहेका नेकपाका युवा नेता अरविन्द सिंहलाई पनि बुधबार दिउँसो हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको हो ।

बिहीबार पनि वीरगन्ज महानगरपालिका ६ का डाक्टर नविन चौधरीकी श्रीमती ३१ वर्षीया अल्का कुमारीलाई उपचारका काठमाडौं पठाइएको छ । वीरगन्जका निजी अस्पतालले कोरोनाको आशंकामा भर्ना लिन छाडेपछि बिरामी हेलिकोप्टर चाटर्ड गरेर उपचारका लागि काठमाडौं जाने क्रम बढेको हो । -अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

महेन्द्रनगर, १२ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ...

मदन पुरस्कार विजेता पूर्व प्रमुखसचिव खनालको निधन

१२ कात्तिक, काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...

काठमाण्डौमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२...

आज दशैँको तेस्रो दिन, आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा...

काठमाडौं– आश्विन शुक्लपक्ष टीकाको आज तेस्रो दिन द्वादशी । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया