Sunday, October 25, 2020

सरकारले तत्काल पूर्ण लकडाउन गर्नेबारे सोचेको छैन: सञ्चारमन्त्री खतिवडा

- Advertisement -

२२ साउन, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’

तर नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने मन्त्री खतिवडाले जानकारी दिए ।

स्थानीय प्रशासनको निर्णय अनुसार केही जिल्लामा लकडाउन रहेको उल्लेख गर्दै उनले भने, ‘पूर्ण लकडाउन हुन्छ की भनेर त्रस्त हुनुपर्ने अवस्था छैन ।’

संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । अर्थमन्त्री समेत रहेका खतिवडाले लकडाउनले अर्थतन्त्रमा पारेको प्रभावको पनि विश्लेषण भइरहेको बताए । उनले भने, ‘शरीर सुरक्षित राखेसँगै पेट पनि पाल्नु पर्ने अवस्था छ ।’

संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै उद्धार भएर सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था नआईसकेको प्रवक्ता खतिवडाले बताए । जोखिम बढेकाले तत्काल नखोलौं भन्ने आवाज पनि आइरहेको उनले जानकारी दिए ।

डा. खतिवडाले भदौ १ गतेबाट खोल्ने भनिएका लामो दुरीका यातायात, अन्तर्राष्ट्रिय उडान लगायतका विषयमा पुनर्विचार हुनसक्ने संकेत गरे । सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने, ‘सीसीएमसीको बैठकमा समीक्षा गरेर त्यही अनुसार मन्त्रिपरिषद्ले निर्णय लिन्छ ।’

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान...

मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

काठमाडौं, कार्तिक ८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...

पूर्वमन्त्री गोकुल बास्कोटा र उनकी श्रीमतीलाई कोरोना पुष्टि

काठमाडौं ः पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ। बिहीबार दिउँसो एक ट्विटर र फेसबुकमार्फत उनले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि...

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार...

प्रधानमन्त्रीलाई देउवाको आग्रह: कोरोना परीक्षण र उपचार निःशुल्क बनाऊ

६ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन्...

कञ्चनपुरमा चाडपर्व लक्षित निषेधाज्ञा शुरू

कञ्चनपुर जिल्लामा चाडपर्व लक्षित निषेधाज्ञा शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी कोरोना संक्रमणको जोखिम थप...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया