सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्राविधिक कारणले एसईई नतिजा केही दिन ढिलो हुन्छ: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने जनाएको छ । बाढीपहिरो र कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेकाले नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने आकलनसमेत गरिएको जनाइएको छ ।

‘प्राविधिक कारणले नतिजा प्रकाशन केही दिन लम्बिएको छ,’ हतार गर्नुपर्ने परिस्थिति नरहेको उल्लेख गर्दै बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कान्तिपुरसित भने, ‘सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोहो¥याएर हेर्ने काम भइरहेको छ । लकडाउनले गर्दा त्रुटि सच्याउन तत्काल काठमाडौं आउन सक्दैनन् । र अहिलेसम्म विद्यालयसमेत खुल्ने वातावरण बनिसकेको छैन । त्यसैले नतिजा केही दिन ढिलो प्रकाशन गर्दा कुनै फरक पर्दैन ।’

Sana Kishan

यसपटक आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने गरिने तयारी भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भइसकेको र प्राविधिक त्रुटि पुनः परीक्षण भइरहेको जनाइएको छ ।

World Link Ads
Mahakali Polytechnic

यसपटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षा (आन्तरिक मूल्यांकन) का आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो ।

नतिजा प्रकाशन गरेपछि परीक्षार्थीलाई बोर्डले नै ग्रेडसिट प्रदान गर्नेछ । विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी बोर्डले कार्यविधि बनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.