सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चीनले भारतलाई दियो ठूलो झड्का,आईपीएलबाट बाहिरियो भिभो

 भारतमा चीनको तीब्र विरोध र चिनियाँ उत्पादनहरु बहिष्कार गर्ने अभियान चलिरहेको तथा केही चिनियाँ एपहरु प्रतिबन्ध समेत लगाइएको बेलमा चिनियाँ मोवाइल कम्पनी भिभोले भारतीय क्रिकेट बोर्डलाई ठूलो झड्का दिएको छ।

जानकारी अनुसार आर्थिक कारोबारका हिसाबले विश्वकै सबैभन्दा ठूलो मानिएको क्रिकेट लिग इण्डियन प्रीमियर लीगको मुख्य प्रायोजक भिभोले आईपीएलको साथ छोड्ने भएको छ। भिभोले २०२१ देखि २०२३ सम्मका लागि मात्रै प्रायोजक रहने गरी मंगलवार आईपीएललाई बाईबाई गरेको हो।

आईपीएल र भिभोको सम्झौता २०२२ मा सकिने भए पनि भारतमा चीनको तीब्र विरोध र चिनियाँ उत्पादनहरु बहिष्कार गर्ने अभियान चलिरहेकोले भिभोले यस्तो निर्णय लिएको बताइएको छ। सम्झौता अनुसार भिभोले हरेक बर्ष ४४० करोड भारतीय रुपैयाँ बीसीसीआईलाई दिँदै आएको थियो।

जानकारी अनुसार बिज्ञापना जगतमा भारतमा आफ्नो दबदबा बनाएको चीनियाँ कम्पनीहरु भिभोले हरेका बर्ष २ हजार १ सय ९९ करोड, ओप्पोले ७०० करोड र शाओमीले २०० करोड भारतीय रुपैया लगानी गर्दै आएका थिए। चीनको टिभी कम्पनीहरुले आईपीएलको एक सिजनमा मात्रै बर्षको १७२ करोड रुपैया खर्च गर्थे।

आईपीएलबाट भिभो बाहिरिएसँगै अब आईपीएल पनि घाटामा जाने देखिएको छ। त्यसो त कोरोना महामारीका कारण खाली मैदानमा खेल गर्नुपर्ने भएकाले आईपीएललाई पहिला नै ठूलो घाटा लागि सकेको छ। त्यसमाथि यूएईमा खेल हुने भएपछि खर्च पनि बढेको छ। खर्च बढ्ने र आर्जन कम हुने भएपछि आईपीएलको चमकदमकमा नै संकट आउने देखिएको छ।himalipatrika बाट साबार

Sana Kishan
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.