Thursday, October 22, 2020

साउन २२ गते बिहीबार कुन राशिका लागि कति शुभ आजकाे राशिफल

- Advertisement -

वि।सं।२०७७ साल साउन २२ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–तृतीया,४३ घडी १५ पला,बेलुकी १० बजेर ४८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– शतभिषा,१४ घडी ०९ पला,बिहान ११ बजेर १० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– शोभन,०१ घडी २० पला,बिहान ०६ बजेर ०२ मिनेट उप्रान्त अतिगण्ड । करण– वणिज,बिहान १० बजेर ०८ मिनेट उप्रान्त भद्रा,बेलुकी १० बजेर ४८ मिनेट उप्रान्त बव । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी १३ पला । पञ्चक।

मेष९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० बिद्यामा अरुलाई पछी पारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा बाहिरी वातावरणको ख्याल गर्नुहोला । माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धीत बस्तुहरु जस्तै,धातु तथा पानिसँग सम्बन्धीत बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

बृष९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैया पैसा प्रशस्त कमाउन सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा वढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जागर आउनेछ । रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागीर पाउने तथा गरीरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेकोछ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउँनेछ ।

मिथुन ९का,की,कू,घ,ङ,छ,के,को,हा० छोटो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचे जस्तै नाँफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपार्ईँ अरुभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ ।

कर्कट ९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी बीच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोवल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

सिंह ९मा,मी,मू,मे,मो,टा,टी,टू,टे० पति पत्नीका साथ रमाईलो व्यावसायीक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पती जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा अगाडी तपार्ईँको नाम आउदा मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ ।

कन्या ९टो,पा,पी,पू,ष,ण,ठ,पे,पो० न्यालयबाट हुने व्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुनाले खुसीले उचाई नाघ्नेछ । पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुनेछ भने थप ठाउमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ ।

तुला ९रा,री,रु,रे,रो,ता,ती,तू,ते० बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुती पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । परिवार तथा सन्तानबाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउदा राम्रो कमाई हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पती लाभ हुने समय रहेकोछ ।

बृश्चिक९तो,ना,नी,नू,ने,नो,या,यी,यू० सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिस्पर्धहरुले तपार्ईँको साख गिराउन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेकोछ । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउने योग रहेकोछ भने आमा वा आफन्तसँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

धनु ९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलव्धी हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पती पत्नी विचको सम्वन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

मकर ९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

कुम्भ ९गू,गे,गो,सा,सी,सू,से,सो,दा० पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । अरुलाई दिएको आश्वासन पूरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला । अनाबस्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ ।

मीन ९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० विदेशि धन सम्पती हात लाग्ने समय रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाइ लेखाइ अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।

राशिफलमा जे जस्तो भनिएतापनि आफ्नो कर्ममा विश्वास गर्नुहोला, आज तपाईँको दिन शुभ रहोस् ।upaharkhabarकोसहयाेगमा

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सम्पदा पुनर्निर्माणमा ठेकेदार होइन, स्थानीयको सहभागिता

असोज, काठमाडौं । भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि उपभोक्ता समितिमार्फत् १३० वटाभन्दा बढी मन्दिर, सत्तल, ढुंगेधाराजस्ता संरचनाको पुनर्निर्माण भयो, त्यो पनि कुनै विरोध र...

पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने हुनैनाथ मन्दिर क्षेत्रलाई

मालिकार्जुन। सुदूरपश्चिमवासीको आस्थाको धरोहर एवम् धार्मिक शक्तिपीठका रुपमा परिचित हुनैनाथ मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ। नेपाल मात्रै नभइ छिमेकी मुलुकबाट समेत उल्लेख्य...

छैन तीजको रमझम यसपालि

स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने...

संसारकै सबैभन्दा ठुलो शिव लि’ङ्ग ! ॐ जप गरौ, मनोकामना पुरा...

भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लि’ङ्ग बनाएको छ। भारतको भोजपुर मध्यप्रदेशको राजधानी...

ॐ विष्णवे नमः सोमवारको राशिफल राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ...

आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै, आजै रक्षाबन्धन बाँध्ने प्रचलन

काठमाण्डौ – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको...

साउन १९ गते सोमबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन १९ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

साउन १७ गते शनिबार कुन राशिका लागि कति शुभ आजकाे राशिफल

। काठमाडौंमा सूर्योदय ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३३ घडी २८ पला । शनि–प्रदोष व्रत। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया