सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लकडाउनका कारण २२.५% कर्मचारीहरुले रोजगारी गुमाए, कुन क्षेत्रमा कति कर्मचारी कटौती ?

काठमाडौं – लकडाउनका कारण २२.५ प्रतिशत कर्मचारीहरुले रोजगारी गुमाएका छन् । नेपाल राष्ट्र बैंकले गरेको सर्भेक्षणले विभिन्न क्षेत्रमा औसत २२.५ प्रतिशतले रोजगारी गुमाएको देखाएको हो ।

यसरी रोजगारी गुमाउनेमा २ तिहाई भन्दा बढी कर्मचारी करार र अस्थायी नियुक्तिको रहेका छन् । राष्ट्र बैंकले औद्योगिक सर्भेक्षण २०७५ ले वर्गीकरण गरेको अर्थतन्त्रका १८ क्षेत्रमध्ये बैंकिब तथा बीमा क्षेत्रबाहेक १७ वटा खण्ड समावेश गरी गत जेठ २५ गतेदेखि असार १० गतेसम्म सो सर्भेक्षण गरेको थियो ।

सो सर्भेक्षणमा ७ वटै प्रदेश समेटिने गरी ५२ जिल्लाका कुल ६ सय ७९ जनालाई प्रश्न सोधिएकामा ६ सय ७४ जनाको उत्तरलाई मान्यता दिएको थियो । उक्त सर्भेक्षणले लकडाउनको समयमा ४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा खुला, ३५ प्रतिशत आंशिक रुपमा खुला रहँदा बाँकी ६१ प्रतिशत व्यवसाय पूर्ण रुपमा बन्द भएको रहेका पाइएको छ ।

World Link Ads
Mahakali Polytechnic

यो अवधिमा औसत ९६.७ प्रतिशत व्यवसायको कारोबार घट्दा बाँकी ३.३ प्रतिशत व्यवसायको मात्रै कारोबार बढेको छ । कारोबार घटेका व्यवसायहरुले औसत ७३.८ प्रतिशत कारोबार कम भएको जनाएका छन् ।

कुन क्षेत्रमा कति कर्मचारी कटौती

यो अवधिमा सबैभन्दा बढी रोजगारी कटौती हुने क्षेत्र होटल तथा रेष्टुरेन्ट रहेको छ । यो क्षेत्रमा करिब ४०.०८ प्रतिशत रोजगारी कटौती भएको छ । त्यस्तै, विद्युत्, ग्यास र पानी सम्वद्ध क्षेत्रबाट ३९.७१ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रबाट २४.८६ प्रतिशत, निर्माण क्षेत्रबाट २३.६७ प्रतिशत तथा उत्पादनमूलक क्षेत्रबाट २३.४९ प्रतिशतले रोजगारी गुमाएका छन् ।

सबैभन्दा कम कामदार कटौती भने शिक्षा क्षेत्रमा भएको पाइएको छ । यो क्षेत्रमा ५.६० प्रतिशतले मात्रै रोजगारी गुमाएको राष्ट्र बैंकको सर्भेक्षणले देखाएको छ । सर्भेक्षण अनुसार १० प्रतिशत भन्दा कम कामदार कटौती हुने एकमात्र क्षेत्र यही हो ।

Sana Kishan

यो अवधिमा कामदार कटौती गर्नेमा सानो पुँजी भएका घरेलु उद्योगहरु अगाडी छन् । उद्योगको आकार बढ्दै जाँदा कर्मचारी कटौतीको संख्या घट्दै गएको पाइएको छ । यो अवधिमा घरेलु उद्योगबाट ३०.५२ प्रतिशत, लघुउद्यमबाट २७.८० प्रतिशत, १५ करोडसम्म पुँजी भएको साना उद्योगबाट २०.९६ प्रतिशत, १५ देखि ५० करोडसम्म पुँजी भएको मझौला उद्योगबाट १६.९८ प्रतिशत तथा ५० करोडभन्दा धेरै स्थिर पुँजी भएको उद्योगबाट १३.९८ प्रतिशत कर्मचारी कटौती भएको जनाइएको छ ।

 

तलब कुन क्षेत्रमा कति काटियो ?

त्यसो त, रोजगारी नगुमेका कर्मचारीहरुको समेत यो अवधिमा तलब काटिएको छ । यो अवधिमा औसत १८.२ प्रतिशत तलब काटिएको देखिएको छ । सर्भेक्षण गरिएको मध्ये खानी तथा उत्खनन सम्बद्ध क्षेत्रबाहेक अरुमा ५ प्रतिशत देखि ३७ प्रतिशतसम्म तलब काटिएका छन् ।

त्यसमध्ये सबैभन्दा बढी प्रभावित होटल तथा रेष्टुरेन्ट क्षेत्र तथा यातायात तथा भण्डारण क्षेत्र रहेको छ । स्वास्थ्य क्षेत्रमा भने ५ प्रतिशत मात्रै तलब कटौती भएको छ । शिक्षा क्षेत्रमा रोजगारी कटौती कम भए पनि तलब कटौत ीभने २१ प्रतिशत रहेको पाइएको छ ।

त्यसरी तलब कटौतीमा भने ठूला उद्योग अगाडी रहेको पाइएको छ । घरेलु उद्योगले १७.७२ प्रतिशत, लघुउद्यमले १९.४५ प्रतिशत, साना उद्योगले १८.१४ प्रतिशत र मझौल उद्योगले १३.५८ प्रतिशत तलब घटाउँदा ठूला उद्योगले भने औसत २२.५३ प्रतिशत तलब घटाएको सर्भेक्षणले देखाएको छ । राताेपाटी

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.