सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आजकाे राशिफल : साउन २१ गते बुधबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन २१ गते । बुधबार । ईश्वी सन् २०२० अगष्ट ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– द्वितीया,४० घडी १४ पला,बेलुकी ०९ बजेर ३५ मिनेट उप्रान्त तृतीया । नक्षत्र– धनिष्ठा,१० घडी ०२ पला,बिहान ०९ बजेर ३० मिनेट उप्रान्त शतभिषा । योग–सौभाग्य,०१ घडी ५६ पला,बिहान ०६ बजेर १६ मिनेट उप्रान्त शोभन । करण– तैतिल,बिहान ०९ बजेर ०९ मिनेट उप्रान्त गर,बेलुकी ०९ बजेर ३५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कुम्भ ।

काठमाडौंमा सूर्योदय ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी १६ पला । पञ्चक। रोपाइँजात्रा। दथुसाय यलमतया।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

World Link Ads
Mahakali Polytechnic

व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आउने आम्दानीले उत्साह जगाउनेछ । पानी तथा खनिज पदार्थको व्यवसायबाट मोटो रकम हात लाग्ने योग रहेको छ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्रस्थानमा तपाईंको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्वन्धित काममा विशेष रुचि बढ्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरि हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण कामहरु समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो–सानो लगानी गर्दापनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गरेपनि आम्दानी थोरै हुँदा आर्थिक व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गाली खाइनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

जीवन साथीको सहयोगले नाफामुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । मानवनिर्मित भौतिक सम्पत्ति तथा विलासी सामान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने तपाईंको खैरो खन्नेहरु आफै साइड लाग्नेछन् । विवादित विषयहरुको निर्णय आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाई नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउन सकिने हुदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

Sana Kishan

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकस्मिक धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छातीसम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यवसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपाईंकै पक्षमा आउनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्त सँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यवसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

साथीभाई तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेकोछ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपाईंको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडी बढ्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययनमा समय दिन नसक्दा अरुभन्दा परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी हुनेछैन । आर्थिक रुपमा कमजोर हुँदा दैनिक आवश्यक्ताहरु परिपुर्ती गर्न सकिनेछैन । राजनीति तथा समाजसेवामा जनताको कमजोर सहभागित रहनेछ । आफन्त थता साभिभाईहरुको सहयोग नपाईदा मन खिन्न हुनेछ । मायाप्रेममा एक अर्कालाई अबिश्वास बढ्नाले केहि समयको लागी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आत्मीय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

राशिफलमा जे जस्तो भनिएतापनि आफ्नो कर्ममा विश्वसा गर्नुहोला, आज तपाईंको दिन शुभ रहोस् ।
रातोपाटीको सहयोगमा

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.