सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ट्रम्पले मागे टिकटक विक्रीको हिस्सा

साउन २०, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ भिडियो शेयरिङ एप टिकटकको अमेरिकी एकाई विक्रीको हिस्सा मागेका छन् ।

टिकटकको अमेरिकी व्यवसाय घरेलु कम्पनीले किनेमा सो बाट आउने रकमको राम्रै हिस्सा अमेरिका सरकारले पाउनु पर्ने ट्रम्पले बताएका हुन् । अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटक किन्न वार्ता गरिरहेको छ ।

रकमबारे ट्रम्पले माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नदेल्लालाई बताएका हुन् । ‘अमेरिकाले विक्री रकमको ठूलो प्रतिशत पाउनुपर्छ किनभने हामी त्यसलाई सम्भव बनाइरहेका छौँ,’ ट्रम्पले भने । सेप्टेम्बर १५ भित्रमा सम्झौता भएन भने टिकटकमाथि प्रतिबन्ध लगाउने चेतावनी ट्रम्पले दिएका छन् ।

World Link Ads
Mahakali Polytechnic

चिनियाँ प्रविधि कम्पनीहरुमाथि कडाई गर्ने ट्रम्पले चेतावनी दिएपछि टिकटकको मातृ कम्पनी बाइटडान्स पनि अमेरिकी व्यवसाय बेच्ने दबाबमा छ । टिकटकले अमेरिकी नागरिकहरुको तथ्यांक चीन सरकारलाई उपलब्ध गराएको आरोप अमेरिकाले लगाउँदै आएको छ । तर यस आरोपको टिकटक र चीनले दुवैले अस्वीकार गर्दै आएको छ ।

Dirghayu Ads
Sana Kishan

अमेरिका सरकारलाई पैसा दिनुपर्ने शर्तलाई धेरैजसो कानूनविज्ञहरुले माफियाको जस्तो व्यवहारको संज्ञा दिएका छन् । यसलाई धेरैले अमान्य बताएका छन् । सरकारलाई निजी व्यवसाय किनबेचबाट पैसा लिने अधिकार नभएको वकिल निकोलस क्लेनले बताएका छन् ।

चीनको सरकारी पत्रिका चाइना डेलीले भने मंगलवार चिनियाँ प्रविधि कम्पनीको चोरी नसहने भन्दै सम्पादकीय लेखेको छ । अमेरिकाले त्यसो गरेमा त्यसको उत्तर दिन चीनसँग यथेष्ट उपाय भएको पत्रिकाको भनाइ छ । उसले लेखेको छ, ‘यो त झन्डै माफियाको जस्तो व्यवहार हो ।’

प्रतिबन्धको धम्की दिएर विक्री रकम कम गर्ने अनि त्यसपछि त्यसबाट हामीले पनि पैसा पाउनुपर्छ भन्ने ट्रम्पको अभिव्यक्तितर्फ औंल्याउँदै मिट टेक्नोलोजी रिभ्यूका संवाददाता शालर्लोटले भनिन् ।

गत हप्ता ट्रम्पले टिकटकमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि माइक्रोसफ्टले टिकटकको अमेरिका व्यवसाय किन्ने सम्झौता अलमलमा परेको थियो । ट्रम्पले प्रस्तावित सम्झौतालाई अनुमति दिने भएपनि सहमतिको लागि दिइएको अन्तिम म्यादका कारण समस्या हुन विश्लेषण गरिएको छ । एजेन्सी

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.