सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अब थप सचेत हुने बेला आएको छ: मुख्यमन्त्री त्रिलोचन भट्ट

२० साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा क्वारेन्टिन र आइसोलेसन सेन्टर थप गर्न निर्देशन दिएका छन् ।

पछिल्लो समय कोरोना संक्रमित बढिरहेको भन्दै उनले यसको नियन्त्रणको लागि क्वारेन्टिन र आइसोलेसन थप गर्न निर्देशन दिएका हुन् ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री भट्टले सबैलाई कोरोना रोकथाम र नियन्त्रणमा जुट्न आग्रह गरे ।

World Link Ads
Mahakali Polytechnic

‘अब थप सचेत हुनुपर्ने बेला आएको छ’ बैठकपछि उनले भने, ‘यसका लागि क्वारेन्टिन र आइसोलेसन तयार गर्न भनेका छौँ ।’

भारतबाट आएकाहरूलाई क्वारेन्टिनमा नराखी घर पठाउँदा संक्रमण समुदायमा फैलन सक्ने खतरा रहेको उनले बताए । ‘अहिले पनि भारतबाट आउनेहरू आइरहेका छन् । यस्तो अवस्थामा उनीहरूलाई सिधै घर पठाउन उपयुक्त छैन । त्यसैले सबैलाई अनिवार्य क्वारेन्टिनमा राख्न भनेका छौं’ मुख्यमन्त्री भट्टले भने ।

बैठकमा सहभागीहरुले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढ्न सक्ने भन्दै यसलाई नियन्त्रण गर्न मुख्यमन्त्रीलाई सुझाव दिएका थिए ।

‘भारतबाट आएर सिधै घर जान थालेपछि संक्रमण बढ्न सक्ने भन्दै मुख्यमन्त्रीले यसको व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ’ स्वास्थ्य निर्देशनालयका प्रमुख डा.गुणराज अवस्थीले भने ‘हामीले पनि यस बिषयमा गम्भीर बन्ने बेला आएको भनेर मुख्यमन्त्रीज्यूलाई जानकारी गरायौं ।’

Sana Kishan

उनले फेरि व्यवस्थित रुपमा क्वारेन्टिन सञ्चालन गर्ने र आइसोलेन तयार गर्न मुख्यमन्त्रीले निर्देशन दिएको बताए ।

‘एउटा वडाहरूमा धेरै विद्यालयहरू छन् । तीमध्ये विद्यालय छनोट गरेर केहीलाई क्वारेन्टिन बनाउने बिषयमा छलफल भयो’ उनले भने ।

मुख्यमन्त्री भट्टले परीक्षणको दायरा नबढाउँदासम्म संक्रमितको अवस्थाबारे जानकारी लिन नसकिने बताएको भन्दै उनले भने स्वाब संकलन अझै बढाउने कुरा भएको छ ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले अब भारतबाट आउनेहरू अधिकांश संक्रमित भएर आउन सक्ने भएकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताएका थिए ।

‘तत्काल प्रत्येक स्थानीय तहले ५० देखि १ सय वार्डको आइसोलेसन बनाइन मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ’ उनले भने ‘आर्थिक समस्या भए प्रदेश सरकार छ भन्नुभएको छ ।’

स्वाब कलेक्सन सेन्टर तयार गर्ने विषयमा पनि छलफल भएको छ । भारतमा संक्रमित बढिरहेको हुँदा त्यहाँबाट आउने व्यक्तिबाट थप जोखिम बढ्ने निष्कर्ष निकालेको थियो ।

बैठकमा मुख्यमन्त्रीसहित प्रमुख सचिव, सचिवहरू, प्रदेश प्रहरी प्रमुख, सेना प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत सहभागी थिए ।-अनलाइनखबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.