सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अख्तियारका १५ कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुमा गरिएको कोरोना परीक्षणमा १५ जनामा पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।

१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमण देखिएकामा अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ ।

Sana Kishan

’हामीले पाएको प्रारम्भिक जानकारी अनुसार १५ जनामा संक्रमण देखिएको छ । त्यसमा सुरक्षाकर्मीको संख्या धेरै छ ।’

World Link Ads
Mahakali Polytechnic

अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको हो । महाशाखाले आज प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गर्दैछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.