सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भाद्र महिनामा हुने भनिएका स्नातक तहका परीक्षा पुनः स्थगित

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि लगाइएको लकडउन खुकुलो संगै भाद्र महिनाको पहिलो साता देखी हुने भनिएका स्नातक तहका परिक्षा पुनःस्थगित गरिएको छ।

सोमबार त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ,डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा महाराजगंजले एक सूचना प्रकाशित गर्दै भाद्र ८ गते देखि संचालन हुने भनिएका स्नातक तहका परीक्षा कोरोना भाइरस “कोभिड-१९” संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि कतिपय जिल्लामा निषेधाज्ञा जारी गरिएको र प्राकृतिक प्रकोपको कारणले स्थलमार्ग सुचारु नभएको कारणले गर्दा पूर्व प्रकाशित कार्य तालिका अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ।

Sana Kishan

स्थगित गरीएको परीक्षा कार्य तालिका कोरोनाको जोखिम कम संगै अवस्था सुधार आउनसाथ प्रकाशन गरिने हुँदा परीक्षा तयारी मै रहन समेत सुचित गरिएको छ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.