सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारत जाने यात्रुहरुका लागि नयाँ नियम लागु, यी मापदण्ड पुरा गर्नुपर्ने

विदेशबाट भारत जाने यात्रुहरुका लागि भारत सरकारले नयाँ दिशानिर्देश जारी गरेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशबाट भारत भित्रिने यात्रुहरुका लागि नयाँ नियम सार्वजनिक गरेको हो । यो नियम अर्थात दिशा निर्देश अगष्ट ८ देखि लागू हुने जनाइएको छ ।

दिशानिर्देशनुसार सबै यात्रुहरुले यात्रा समयभन्दा ७२ घण्टाअघि नयाँ दिल्ली एयरपोर्टको वेभसाइट www.newdelhiairport.in एक स्वघोषणा फारम (सेल्फ डिक्लेरेशन फारम) भनुपर्नेछ । दिशानिर्देशमा भनिएको छ कि यात्रुहरुले पोर्टलमा शपथपत्र पनि दिनुपर्नेछ । जबकी उनीहरुले १ देखि १४ दिनसम्मको क्वारेन्टिन अवधि अनुसरण गर्नेछन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

त्यसमध्ये ७ दिनको संस्थागत क्वारेन्टिन हुनेछ भने ७ दिनको होम क्वारेन्टिन हुनेछ । संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च आफैंले बेहोर्नुपर्नेछ । यात्रुहरुले नयाँ दिशा निर्देशअनुसार सपथपत्रमा यो कुरामा सहमति जनाउनुपर्छ । यसमा गर्भवती महिला, परिवारमा मृत्यु, गम्भीर बिरामी वा १० वर्षभन्दा मुनिका बालबालिकाहरुलाई विशेष प्राथमिकतामा राखिएको छ ।

Dirghayu Ads

त्यसका लागि वेभसाइटमा पहिलेनै सूचना दिनुपर्नेछ । यात्रुहरुले पीसीआर रिपोर्ट प्रस्तुत गर्न सके संस्थागत क्वारेन्टिनबाटै पनि राहत पाउन सक्छन् । उक्त परीक्षणको रिपोर्ट यात्रा समयको ९६ घण्टाभन्दा पुरानो हुनुहुँदैन ।

दिशानिर्देशअनुसार यात्रुहरुले पोर्टलमा आफ्नो कोरोना रिपोर्ट अपलोड गर्नुपर्नेछ । यदि त्यस्तो रिपोर्ट नक्कली भएको पाइएमा कडा कार्वाही गरिने समेत दिशानिर्देशमा उल्लेख छ । मन्त्रालयले आइतबार साँझ जारी गरेको दिशानिर्देशमा विमानभित्र समेत सतर्क रहन आग्रह गरिएको छ । उपहार खबर बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.