सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै, आजै रक्षाबन्धन बाँध्ने प्रचलन

काठमाण्डौ – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ ।

आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गेको दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ ।

World Link Ads
Mahakali Polytechnic

यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

Dirghayu Ads
Sana Kishan

यो दिन पशुपतिनाथसहित पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्छ । तर कोरोना महामारीका कारण यस वर्ष धार्मिकस्थल तथा मठ मन्दिरमा चहलपहल छैन । सरकारले लकडाउन हटाए पनि धार्मिक स्थल अझै खुलाएको छैन ।

आजै राखी बाँध्ने गरिन्छ । तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सु-स्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउने गरिएको छ ।

जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतिपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खानु शरिरका लागि लाभदायक छ ।upaharkhabar बाट साबार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.