सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना भाइरस नेपाल: थप एक जनाको मृत्यु, थप २४६ जनामा कोरोनाभाइरस सङ्क्रमण

कोरोनाभाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको र देशभरि २४६ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जानकारी दिएको छ।

यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ।

शनिवार अपराह्णपछि विभिन्न जिल्लामा थप २०,३३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १११ जना निको भएसँगै अहिलेसम्म १४,६०३ जना अर्थात् ७१.८ प्रतिशत रोगमुक्त भएका छन्।

मन्त्रालयले साउन १४ को निर्णयानुसार कोभिड-१९ परीक्षणका लागि आरडीटी परीक्षण नगर्न सबै प्रदेश, स्थानीय तह र अस्पतालहरूलाई पुनः जानकारी गराइएको बताएको छ।

को हुन् सङ्क्रमित?

आइतवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका छन्।

तीमध्ये काठमाण्डू उपत्यकाका ३१ जना छन्। मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये पर्साका ८१ र धनुषाका ३५ जना छन्।

पर्सामा सङ्क्रमण देखिनेमा मास ट्रेसिङअन्तर्गत तथा स्वेच्छाले आफैँ शुल्क तिरेर पीसीआर परीक्षण गराएकाहरू भएको स्थानीय अधिकारीहरूले बताएका छन्का

ठमाण्डू जिल्लामा थप २२, ललितपुरमा आठ र भक्तपुरमा एक जनामा कोरोनाभाइरस देखिएको हो।

मन्त्रालयका अनुसार काठमाण्डू उपत्यकाका मुख्य प्रवेशद्वार नागढुङ्गा, साँगा र फर्पिङमा साउन १० गतेदेखि १६ गतेसम्म १०,८२७ जनाबाट नमुना सङ्कलन गरिएको र परीक्षण भइरहेको छ।

कोरोना भाइरस नेपाल: थप एक जनाको मृत्यु, थप २४६ जनामा कोरोनाभाइरस सङ्क्रमण

Sana Kishan
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.