Wednesday, August 5, 2020

उत्तर प्रदेशकी एक क्याबिनेट मन्त्रीको कोरोनाबाट मृत्यु

- Advertisement -

१८ साउन, काठमाडौं । भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु भएको छ ।

उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको आइतबार बिहान मृत्यु भएको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या जाने आफ्नो कार्यक्रम पनि रद्द गरेका छन् ।

कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उनी यो सिटमा जित हासिल गर्ने पहिलो विधायक बनेकी थिइन् । उनलाई गत वर्ष मन्त्री बनाइएको थियो ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

लेबनानको बेरुतमा भएको शक्तिशाली विस्फोटमा दर्जनौंको मृत्यु र हजारौं घाइते

मंगलबार साँझ लेबनानको बेरुतमा भएको शक्तिशाली विस्फोटमा दर्जनौंको मृत्यु भएको र हजारौं घाइते भएको अधिकारीहरुले जनाएका छन् । लेबनानका स्वास्थ्य मन्त्री घसान हज्बानीका अनुसार...

जम्मू कश्मीर (लद्दाख) जूनागढ समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा जारी

एजेन्सी – पाकिस्तानले नयाँ नक्सा जारी गरेको छ । मंगलबारको मन्त्रिपरिषद्ले नयाँ राजनीतिक नक्सालाई स्वीकृति दिएको छ । पाकिस्तानको नयाँ राजनीतिक नक्सामा जम्मू कश्मीर (लद्दाख)...

ट्रम्पले मागे टिकटक विक्रीको हिस्सा

साउन २०, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ भिडियो शेयरिङ एप टिकटकको अमेरिकी एकाई विक्रीको हिस्सा मागेका छन् । टिकटकको अमेरिकी व्यवसाय...

विवादमा मुछिएपछि देश छोडेर गए स्पेनका ८२ वर्षीय पूर्वराजा

गत मार्चमा स्पेन कोरोनाभाइरसको महामारी र लकडाउनले अस्तव्यस्त थियो। त्यहीबेला त्यहाँको राजपरिवार अनौठो घोषणा ग¥यो। सन् २०१४ मा गद्दी त्यागेका पूर्वराजा हुवान कार्लोसले पाउँदै आएको...

फुटबलर रोनाल्डोले किने विश्वकै महंगो कार

चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार खरिद गरेका छन् । जुभेन्ट्स स्टार रोनाल्डोले ८ दशमलब ५ मिलियन युरो अर्थात्, १२०.१९ करोड मुल्यको विलाशी कार...

अनलाइन कक्षा कति घन्टा चलाउने ? अमेरिका-भारतमा निर्देशिका, नेपालमा भने आफूखुसी

कोरोना महामारीले पठनपाठन बन्द भएपछि स्कुलहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। तर कुन उमेर समूहका केटाकेटीलाई कति समय कम्प्युटर, मोबाइल स्क्रिन अगाडि राख्ने भन्ने...

भारत जाने यात्रुहरुका लागि नयाँ नियम लागु, यी मापदण्ड पुरा गर्नुपर्ने

विदेशबाट भारत जाने यात्रुहरुका लागि भारत सरकारले नयाँ दिशानिर्देश जारी गरेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज एक विज्ञप्ति जारी...

मलेसियामा नेपाली सुरक्षागार्डलाई निर्घात कुट्ने नेपाली नै

मलेसियामा नेपाली कामदारमाथि कुटपिट भइरहेको भिडियो शुक्रबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ४४ सेकेन्डको भिडियोमा कम्पनीमा सिनियरजस्तो देखिने व्यक्तिले नेपाली सुरक्षागार्डलाई निर्घात रूपमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -