Wednesday, August 5, 2020

ईपिएस भाषा परिक्षा दिने नक्कली परिक्षार्थी लाई ८ लाख जरिवाना

- Advertisement -

कोरिया सरकारको छानबिनअनुसार खेताला परीक्षार्थीका लागि प्रतिव्यक्ति ५ हजार डलरदेखि ८ हजार डलरसम्म भुक्तानी गरेको पाइएको दूतावासले जनाएको छ ।

हाल नक्कली व्यक्तिलाई परीक्षा दिन लगाएर कोरियाबाट पक्राउमा परी फर्केकाको संख्या नै ५३ रहेको छ भने कोरिया जाने पर्खाइमा रहेका करिब ५० युवाले पनि नक्कली परीक्षार्थीबाटै भाषा परीक्षा उत्तीर्ण गरेको पाइएको छ ।

ईपीएस भाषा परीक्षाको सेटिङमा संलग्न ५ जना दलालहरू विगतदेखि नै सक्रिय रहेको पनि कोरियाको भनाइ छ ।

कोरिया मानवस्रोत विकास विभाग (एचआरडी)ले सञ्चालन गरेको ईपीएसमार्फत कोरिया प्रवेश गरेका ५८ जना नेपालीले अन्य व्यक्तिलाई परीक्षा दिन लगाएको, प्रवेशपत्रमा फोटो परिवर्तन गरेको र नक्कली कागजात पेश गरेको अभियोग लगाउँदै नेपालको रोजगारी गुम्ने चेतावनी दिएको हो ।

यस्ता नक्कली नेपाली परीक्षार्थीलाई सन २०२० फेब्रुवरीमा पहिचान गरी कोरिया सरकारले गत मार्च र जुन महिनाको अन्त्यमा नेपाल फर्काएको थियो ।कोरियाको कानुन मन्त्रालय र ईन्छन विमानस्थल अध्यागमन कार्यालयले सन् २०२० अप्रिलमा ईपीएस अन्तर्गत भाषा परीक्षामा अर्काको परीक्षा दिने तथा अर्कालाई परीक्षा दिन लगाउने कार्यमा संलग्न भएका नेपालका ५ जना दलालसमेत पक्राउ गरे केही समय जेल राखेर नेपाल पठाएको थियो ।

यसरी पक्राउ परेका नेपालीले २०१८ र २०१९ मा नेपालमा सञ्चालन भएको ईपीएस भाषा परीक्षामा अर्काको परीक्षा दिने तथा अन्य अन्य परीक्षार्थीको माध्यमबाट उच्च अंक प्राप्त गरी कोरिया प्रवेश गरेको दूतावासले जनाएको छ ।

कोरियाली भाषा परीक्षाको अवैधकार्यमा यहाँ रहेका कोरियाली भाषा प्रशिक्षण केन्द्रको समेत संलग्नता देखिएको कोरियाको आरोप छ । यसरी भाषा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै अर्काको नाममा परीक्षा दिई पैसा असुल्ने २ नेपालीको नाम समेत सार्वजनिक गरेको छ ।

“नक्कली कागजात बनाउने, अर्काको फोटो मिलाएर कोरिया पुगेका ५८ जना व्यक्तिलाई कोरिया सरकारले पक्रिएर फर्काएको विषयले भविष्यमा नेपाली कामदारको कोरिया रोजगारीमा अत्यन्त नकारात्मक प्रभाव पर्ने निश्चित देखिन्छ,” दूतावासका एक अधिकारीले भने,

“यसअघि भियतनाममा पनि कोरियाली भाषा परीक्षामा अवैध चलखेल गर्ने व्यक्तिहरू धेरै भएका कारण २ वर्षका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम नै रद्द भएको थियो ।”कारोबार डेलीको सहयोगमा kantipurpress बाट साबार

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

राम मन्दिर शिलान्यास: जनकपुरको माटो र चाँदीका इँटा बोकेर नेपाली टोली...

२१ साउन, जनकपुरधाम । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर...

अयोध्यामा राममन्दिर निर्माण हुँदै, नेपालमा उत्सव मनाउन आग्रह

काठमाडौं । भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट अतिथिहरुको सहभागितामा राम मन्दिर निर्माण...

५५८ वर्ष पछि रक्षावन्धनमा बन्दै छ शुभसंयोग, यी राशिको लागि हुनेछ...

रक्षावन्धनको पवित्र चाड आउँदैछ। यो विशेष र शुभ दिन सबै बहिनीहरूले आफ्ना भाइहरूको हातमा रक्षासूत्र बाँधेर उनीहरूको लामो जीवन र सुखमय जीवनको कामना गर्छन्। https://youtu.be/UqEVwe1lT1c यस...

एसईई नतिजा यसरी हेर्नुहोस ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा हेर्ने तरिकाबारे जानकारी दिएको छ । केही दिनमै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले...

दैजी औद्योगिक क्षेत्र आयोजनाको इआईए मन्त्रीबाट स्वीकृत, यही भदाैँमा शिलान्यास गरिने

सुदूरपश्चिमको गौरबको आयोजनाको रुपमा रहेको दैजी औद्योगिक क्षेत्र आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) वातावरण मन्त्रालयबाट सदर भएको छ । आइतबार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक...

भीमदत्त नगरपालिका १३ नम्बर वडा शिल

महेन्द्रनगर ः दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका १३ नम्बर वडा  शिल गरिएको छ वडाध्यक्ष लाल बहादुर शाहीले संक्रमितको संख्या बृद्धि भएपछि वडामा रहेका...

शहीद भीमदत्तको ६८औँ स्मृति दिवस मनाईयो

राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल कञ्चनपुरको आयोजनामा शनिबार ३६ वटा गाउ भूमिअधिकार मञ्चले किसान नेता भीमदत्त पन्त,तुलसीलाल अमात्य र बलदेव रामको तस्बीरमा फुलटिका लगाई...

त्रिविद्धारा स्नातकोत्तर तहको नतिजा सार्वजनिक [नतिजासहित]

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्नातकोतर तह प्रथम सेमेस्टरको नतिजा सार्वजनिक गरेको छ । त्रिविले आज शिक्षाशास्त्र संकाय अन्तर्गत २०७६ साल भाद्र महिनामा संचालन गरेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -