यसैगरी सङ्घसंस्था दर्ता सोमबार र बुधबार, सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबार, पत्रपत्रिका छापाखाना दर्ता र विधान संशोधन शुक्रबार तथा प्रतिलिपि पत्राचार हरेक दिन ४ बजेपछि हुने जनाइएको छ । शान्ति सुरक्षा निवेदन, मुद्दासम्बन्धीका कार्य, सरकारी समन्वय र छलफल भने हरेक दिन हुने जनाइएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरको जिल्ला सङ्कलन व्यवस्थापनको निर्णयअनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न उक्त नियम लागू गरिएको जनाइएको छ । गृह मन्त्रालयले कोभिड–१९ को जोखिम बढेको भन्दै बिहीबारदेखि रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाएको छ । मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्ण रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ । लालीगुरास डटकम बाट सभार