Wednesday, August 5, 2020

क्रिकेटको विद्युत समस्यामा कुलमानको द्रुत निर्देशन

- Advertisement -

काठमाडौं  – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर टीयू क्रिकेट मैदानमा रहेको विद्युत समस्याबारे जानकारी गराएको छ ।

 

नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंह, केन्द्रिय सदस्य दुर्गाराज पाठक, राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट चुनिएका केन्द्रीय सदस्य छुम्बी लामा लगायत बुधबार मन्त्रालय पुगेर विद्युत समस्याबारे घिसिङलाई जानकारी गराएका थिए ।

क्यानले झन्डै डेढवर्ष देखि टीयूमा विद्युत समस्या भोग्दै आएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ठेक्का मार्फत विद्युत बनाएको थियो । तर त्यो दुइ तीन दिनभन्दा लामो समय टिक्न सकेन । क्यानले पछिल्लो समय जेनेटर मार्फत काम चलाउँदै आएको थियो ।

‘हामीले बुधबार घिसिङलाई भेटेर समस्याबारे जानकारी गरायौं । वहाँले तुरुन्त कार्यालय प्रमुखलाई फोन गरेर त्यसबारे बुझ्न भन्नुभयो । त्यसको एक घण्टामा विद्युतका कर्मचारी टीयू मैदानमा पुगेका थिए । कर्मचारीले ट्रान्समिटर नै बिग्रिएको जवाफ दिएका थिए’, सिंहले भने । बिहीबार पनि घिसिङले टीयूमा कर्मचारी पठाएका थिए ।

टीयू मैदान भित्र ट्रान्समिटर रहेको छ । सागमा फ्युज उड्ने समस्या धेरै भोग्नु परेको थियो । जुन अहिले भित्रैबाट जलेको प्राधिकरण कर्मचारीले बताएका छन् । घिसिङलाई भेटे बितिक्कै एक्सन लिएर कर्मचारी खटाएको सिंहले बताए । त्यसैले समस्या पनि चाडै समाधान हुने आशा क्यानले राखेको छ ।

क्यानले प्राधिकरणलाई विद्युत उपयोग नगरेको अवस्थामा पनि मासिक १३ हजार रुपैयाँ शुल्क तिर्दै आएको थियो । यस विषयमा पनि घिसिङलाई जानकारी गराएका थिए । यस विषयमा पनि उनी सकरात्मक रहेको र आगमी दिनमा प्रतिक्रिया आउने आशा क्यानले राखेको छ ।hamrokhelkud बाट साबार

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

‘राष्ट्रिय टोली नै पहिलो प्राथमिकता’ – सन्दीप

पत्रकार माझ बोल्दै उनले राष्ट्रिय टोली नै पहिलो प्राथमिकता रहेको बताए । विश्वभर अब फ्रेन्चाइज लिग सुरु भएसँगै राष्ट्रिय टोलीसँग खेल जुध्ने सम्भावनामा उनले...

सीपीएल खेल्ने आज जाँदै सन्दीप

नेपाली खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने आज जादैछन । कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान शुरु नभएपनि उनी चार्टड उडानमार्फत त्यसतर्फ जान...

आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ लिगको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले सोमबार आधिकारक रुपमा २०२३ एकदिवसीय छनौटको बाटोको रुपमा पहिलो आईसीसी विश्वकप सुपर लिगको सुरुवात घोषणा गरेको छ। इंग्ल्यान्ड...

पढ्नुस नेपालको विश्वकप छनौट हुने बाटो,आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ...

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले सोमबार आधिकारक रुपमा २०२३ एकदिवसीय छनौटको बाटोको रुपमा पहिलो आईसीसी विश्वकप सुपर लिगको सुरुवात घोषणा गरेको छ। इंग्ल्यान्ड...

नेपालको विश्वकप छनौट हुने बाटो ,आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ...

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले सोमबार आधिकारक रुपमा २०२३ एकदिवसीय छनौटको बाटोको रुपमा पहिलो आईसीसी विश्वकप सुपर लिगको सुरुवात घोषणा गरेको छ। इंग्ल्यान्ड...

सिपिएल टि-२० को खेल तालिका सार्वजनिक, सन्दिपको टिमको खेल कहिले छ

कोरोना भाइरसका कारण प्रभावित भएको विश्व क्रिकेट पुनः सक्रिय हुन थालेको छ। इंग्ल्यान्ड र वेस्टइन्डिज बीच टेस्ट सिरिज जारि रहेको छ भने यही बीचमा...

यसरी हुँदैछ प्रयास सिपिएल टि-२० खेल्न जान पाउलान् सन्दिप ?

स्टार नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योलता छाएको छ। सिपिएल खेल्नका लागि सन्दीप अबको एक साताभित्र ( अगस्ट १-२ )...

१९ सेप्टेम्बर देखि युएईमा आयोजना हुनेछ आईपीएल

बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग ( आईपीएल ) को १३ औं संस्करण सेप्टेम्बर १९ देखि युनाइटेड अरब इमिरेट्स ( युएई ) मा सुरु हुने भएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -