Monday, August 10, 2020

यि ६ कारण, जसले हामीलाई रोगी बनाउँछ

- Advertisement -

रोग लाग्नु वा रोगी जीवन बाँच्नु आफैमा पीडादायक अवस्था हो । परिवारमा एक जना व्यक्ति मात्र रोगी हुँदा सम्पूर्ण सदस्यको दैनिकी प्रभावित हुन्छ । मानसिक तनाव बढ्छ । हामी चाहन्छौं, स्वस्थ जीवन बाँचौं । सधै निरोगी भएर बाँचौं । सधै तन्दुरुस्त भएर बाँचौं । दीर्घ जीवन बाँचौं । तर, हाम्रो कामना विपरित अनेकथरी रोगले हामीलाई गाँज्छ । नचाहेरै हामी अस्पताल धाउन, औषधि सेवन गर्न, उपचार गर्न बाध्य हुन्छौं । कतिपय घातक रोगले हामीलाई सताउँछ ।

धेरैजसो अवस्थामा चाहि रोग लाग्नु वा नलाग्नुमा हामी स्वयम् जिम्मेवार हुन्छौं । हामीले अपनाउने दिनचर्या, हामीले खाने खानेकुरा, हामीले लिने सोंच–विचार आदि यसको कारण बन्छ । जस्तो राती अबेरसम्म बस्ने, कुनैपनि शारीरिक गतिविधि नगर्ने, मसलेदार वा मीठो(मसिनो मात्र खाने, मदिरा सेवन गर्ने, ऐश–आरम मात्र खोज्ने, अनावश्यक चिन्ता लिने । यस्ता जीवनशैलीले हामीलाई निरोगी र तन्दुरुस्त राख्दैन ।

व्यक्तिगत सरसफाई नगर्ने

यो अत्यान्तै सामान्य लाग्ने कुरा हो । जस्तो कि, बाहिरबाट घरमा पुगेपछि हातखुट्टा नधुने, कुनैपनि खानेकुरा खानुअघि हात सफा नगर्ने, शारीरिक सफाईमा ध्यान नदिने आदि । अहिले भने कोरोनाको भयले धेरैले साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने गर्छन् । यद्यपि सामान्य दिनमा हामी यस्ता कुरामा ध्यान दिदैनौं, जो संक्रमित रोगको कारण बन्न सक्छ ।

घरको सरसफाई नगर्ने

घरमा नै हामीले धेरैजसो समय विताइरहेका हुन्छौं । खाने, बस्ने, सुत्ने घर नै हो । तर, घरको स्वच्छतामा भने हाम्रो खास ध्यान गइरहेको हुँदैन । घरलाई कसरी सफासुग्गघर राख्ने, कसरी स्वच्छ राख्ने भन्ने कुरामा ध्यान दिएका हुँदैनौं । घर नै दुषित भएपछि हाम्रो स्वस्थ्य राम्रो हुने कुरै भएन ।

खानेकुरा राम्ररी भण्डारण नगर्ने

बाँकी रहेको खानेकुरा राखेर पुन तताउने र खाने गरिन्छ । अहिले फ्रिजको सुविधाले गर्दा धेरैले एकै पटक विहान र साँझको लागि खाना तयार गर्ने र राख्ने गर्छ । यसरी तयारी वा पाकेको खानालाई बासी बनाएर खाने, उचित ढंगले भण्डारण नगर्ने बानीले पनि हामीलाई रोगी बनाउँदैछ ।

यसैगरी ताजा वा शुद्ध खानेकुरा खानुपर्छ भन्ने हेक्का राख्दैनौं । बजारबाट किनेर ल्याएका खानेकुरा पनि लामो समय राखेर खाने गर्छौ । कुन खानेकुरा कसरी भण्डारण गर्ने, कसरी पकाउने, कति अवधिमा खाइसक्ने भन्ने हेक्का नहुँदा हाम्रो स्वास्थ्यमा गडबडी आउने गरेको छ ।

मीठो मसिनोको लत

हामीलाई धेरै तेलमा तारेको, भुटेको खानेकुरा मीठो लाग्छ । मसेलदार खानेकुरा स्वादिलो लाग्छ । खानेकुरा पकाइरहँदा त्यसको स्वादमा ध्यान दिन्छौं । तर, उक्त खानेकुराले शरीरका लागि पोषण आपूर्ति गर्नुपर्छ भन्ने कुरा भुसुक्कै बिर्सन्छौं । त्यसैले कसरी खानेकुरा पकाउँदा त्यसको पोषण तत्व सुरक्षित रहन्छ भन्दा पनि कसरी पकाउँदा स्वादिलो हुन्छ भन्ने चक्करमा पर्छौं । यही कारण हामी रोगी बन्दैछौं ।

खानाको सन्तुलन नमिलाउने

मीठो पाए पेट चर्कनेगरी खाने प्रवृत्ति छ हाम्रो । खाना खाइरहँदा हामीलाई हेक्का हुँदेन कि, यही खानाबाट शरीरले पोषक तत्व लिन्छ । त्यसैले हाम्रो थालीमा खानेकुराको सन्तुलन हुँदैन । एकैथरी खानेकुरा मात्र खाने वा मीठो लागेको मात्र धेरै खाने बानी छ । मौसमी सागसब्जी, सलाद, दही–मोही, गेडागुडी आदिको सन्तुलन नमिलाउँदा पनि हामी कमजोर र रोगी हुन्छौं ।

सक्रिय नरहने

हामी ऐश–आरममा रमाउन चाहन्छौं । हामी सुविधाभोगी भएका छौं । मीठो मसिनो खाने, मनोरञ्जन गर्ने, मस्त बस्ने–सुत्ने । तर, शारीरिक गतिविधि नगर्ने । सकेसम्म आफ्नो स–सना काम पनि अरुलाई गर्न लगाउँछौं । खाना पस्कने, भाँडा माझ्ने, कुचो लगाउने, लुगाफाटो मिलाउने, जुत्ता पोलिस गर्ने जस्ता काम आफुले गर्नै नपरोस् भन्ने चाहन्छौं । न कुनै श्रम गर्छौं, न व्यायाम । योग, ध्यान, व्यायाम गर्न जागर चल्दैन । यही कारण हाम्रो शरीर रोगी र जीर्ण हुँदैछ ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

शरीरमा फलाम तत्वको मात्रा कम हुँदा देखिने लक्षणहरू

फलाम तत्व शरीरको लागि अत्यावश्यक एक प्रकारको खनिज पदार्थ हो, जुन हाम्रोको स्वास्थ्यका लागि अत्यावश्यक छ । हाम्रो शरीरमा रहेका सबै कोषहरूमा केही न...

किन आउँछ ४० काटेपछि, महिलामा फेरी बैंस (यस्तो रहेछ रहस्य)

भनिन्छ नि, ‘चालिसे लागेछ बैस जागेछ ।’ यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् । बुडापाकाका अनुसार जीवनमा पहिलो १६ वर्ष र दोस्रो ४०...

नगर प्रमुख शाहसहित ५५ जनामा काेराेना पुष्टि

पर्सा — नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको परीक्षणमा पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...

गाउँ-गाउँ पुगेर निःशुल्क उपचार गरिरहेका डा. केसीलाई सरकारले लगायो रोक

कर्णाली- विकट हिमाली जिल्लामा पुगेर हाडजोर्नीका बिरामीलाई निस्शुल्क सेवा दिँइरहेका डा. गोविन्द केसीलाई स्थानिय सरकारले रोक लगाएको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाले डा केसीलाई...

कोरोना खतरनाक ! चीनमा निको भएका ९० प्रतिशतको फोक्सो ड्यामेज

कोरोना भाइरसको माहामारी एवं संक्रमण विश्वभर भयावह रुपमा फैलिइ रहेको छ । सबैभन्दा पहिले चीनमा सुरु भएको भाइरसको त्यहाँ नियन्त्रणमा समेत आइसकेको छ यद्यपी चीनको वुहानमा...

नेपालमा कोरोनाका कारण थप ५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७०...

काठमाडौँ –  नेपालमा कोरोनाका कारण थप ५ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२...

डाक्टरले फरक ग्रुपको रगत चढाउँदा सुत्केरीको मृत्यु

काठमाडौं, २३ साउन। जनकपुरधाम डाक्टर र रेडक्रसका कर्मचारीको चरम लापरबाहीले जनकपुरधाम उपमहानगरपालिका ६ स्थित रामजानकी हस्पिटलमा एक महिलाको मृत्यु भएको छ। फरक ग्रुपको रगत चढाएपछि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -