Monday, August 10, 2020

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

- Advertisement -

१७ साउन, काठमाडौं । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।

नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

अगष्ट एकमा भारतीय आयल कर्पाेरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमको स्पष्टीकरण छ ।

जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको प्रवक्ता उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको भाउले निगमलाई हाल पेट्रोलमा एक रुपैयाँ २३ पैसा र डिजेलमा एक रुपैयाँ १५ पैसा घाटा रहेको निगमले जनाएको छ । गत असार २६ गते निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा एक एक रुपैयाँ मूल्य बढाएको थियो ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

महाकालीमा २ अर्ब ६ करोड ९४ लाख राजस्व संकलन

महेन्द्रनगर । कञ्चनपुरस्थित आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा रू. २ अर्ब ६ करोड ९४ लाख ८ हजार राजस्व संकलन गरेको छ । साविकको...

सुदूरपश्चिममा करोडौं लगानीका दर्जनौं पुल वर्षौंदेखि अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशभित्र करोडौं लगानीका निर्माणाधीन पुल वर्षौंदेखि अलपत्र परेका छन् । निर्माण सम्झौता गरिएका दर्जनौं पुल सम्झौता अनुरूप निर्माण नहुँदा वर्षेनि लागत...

बैतडीमा महाकाली वृहत जलाधारले निर्माण गरेको पोखरी पाँच दिन पनि टिकेन

साउन २३, बैतडी । यस जिल्लाकोे डिलासैनी गाउँपालिका– ५ मा निर्माण गरिएको एक सिंचाई पोखरी निर्माण गरेको पाँच दिनमा भत्किएको छ । महाकाली बृहत जलाधार...

नेपाल वायुसेवा निगमलाई किस्ता तिर्न सकस

काठमाडौँ – कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता...

एनसेलको वायर फ्री वाईफाई सुरु, यसरी लिनुहोस् टक टाइम र डेटा...

काठमाडौ । अब नेपालका उपभोक्ताले गुणस्तरीय वायर फ्री इन्टरनेट र वाईफाई कनेक्टिभिटीको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजीयाटा लिमिटेडले नेपालमै पहिलो पटक...

नेपालमा कोरोनाका कारण २२ प्रतिशतले गुमाए रोजगारी

काठमाडौं - कोरोना भाइरसका कारण नेपालमा २२.५ प्रतिशतले रोजगारी गुमाएका छन्। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार सरकारले चैत्र ११ गते लकडाउन घोषणा गरेसँगै रोजगारी गुमाउने...

व्यापार ठप्प भएपछि दार्चुला जोड्ने पुल नियमति खोल्न भारतीय व्यवसायीको आग्रह

दार्चुला, २३ साउन । भारतको धार्चुलाका व्यापारीहरुले नेपाल भारत जोड्ने पुल नियमित रुपमा खोल्न माग गरेका छन् । भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिललाई बुधबार...

कति पुग्यो तोलाको आज पनि बढ्यो सुनको मूल्य

यो मूल्य हालसम्मकै उच्च हो । महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ । बिहीबारका लागि चाँदीको खरिद बिक्री...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -