Monday, August 10, 2020

एकैदिनमा ५७ हजार भन्दा बढी सङ्क्रमित भारतमा

- Advertisement -

१७ साउन : भारतमा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा सङ्क्रमित भएका मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।

अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ सङ्क्रमित भएका छन् । योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म सङ्क्रमितहरुको संख्या १६ लाख ९५ हजार ९९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वेभसाईटमा उल्लेख भए अनुसार कुल सङ्क्रमित मध्ये पाँच लाख ६५ हजार १०३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी दश लाख ९४ हजार ३७४ जना सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।

 

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५११ जनाको मृत्यु भएको छ । ती मध्ये ७६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाले सवैभन्दा धेरै महाराष्ट्र प्रदेशलाई असर पारेको छ । यस प्रदेशमा अहिलेपनि एक लाख ५० हजार ९६६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी मृत्यु भएकाहरुको संख्या १९ हजार ९९४ रहेको छ ।

मन्त्रालयका अनुसार तमिलनाडु प्रान्तमा ५७ हजार ९८६ जना सङ्क्रमित अवस्थामै रहेका बेला तीन हजार ९३५ जनाको मृत्यु भएको छ ।-reportersnepal बाट साबार

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अपडेट : एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा १६ जनाको मृत्यु, १२३...

एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा पाइलटसहित १६...

मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भ्याक्सिनले १२ अगस्टमा स्वीकृति पाउने

मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भ्याक्सिनले १२ अगस्टमा स्विकृति पाउने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुलासा गरेका हुन् ।...

भारतमा धनगढी आइरहेको बस दुर्घटना

भारतको बैग्लोरबाट धनगढी आइरहेको बस दुर्घटनामा परेको छ। धनगढी आउँदै गर्दा छत्तीसगढमा बस दुर्घटना भएको हो। बसमा कैलालीको घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकाका ३६ जना...

व्यापार ठप्प भएपछि दार्चुला जोड्ने पुल नियमति खोल्न भारतीय व्यवसायीको आग्रह

दार्चुला, २३ साउन । भारतको धार्चुलाका व्यापारीहरुले नेपाल भारत जोड्ने पुल नियमित रुपमा खोल्न माग गरेका छन् । भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिललाई बुधबार...

अयोध्यामा मोदीलाई भूमि पुजन गराउने पुरोहित नेपाली

काठमाडौं, २३ साउन । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमि पुजन गरे। मर्यादा पुरुषोत्तम श्रीरामको जन्म...

पाकिस्तानले जम्मु–कश्मीर समेट्दै नयाँ नक्सा जारी ग¥यो

इस्लामाबाद- जम्मु र कश्मीरलाई समेट्दै पाकिस्तानले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । भरत सरकारले संविधानको धारा ३७० खारेज गर्दै जम्मु–कश्मीरको स्वायत्तता खोसेको एक वर्षपछि...

कोरोना : विश्वमा के हुँदैछ ?

वैश्विक महामारी कोरोना भाइरस नियन्त्रणका प्रयासहरु त्यती सफल भएको छैन । यसबाट अहिलेसम्म सात लाख बढीको मृत्यु भइसकेको छ । १ करोड ८६ लाख बढी...

चीनले भारतलाई दियो ठूलो झड्का,आईपीएलबाट बाहिरियो भिभो

 भारतमा चीनको तीब्र विरोध र चिनियाँ उत्पादनहरु बहिष्कार गर्ने अभियान चलिरहेको तथा केही चिनियाँ एपहरु प्रतिबन्ध समेत लगाइएको बेलमा चिनियाँ मोवाइल कम्पनी भिभोले भारतीय...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -