सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘राष्ट्रिय टोली नै पहिलो प्राथमिकता’ – सन्दीप

पत्रकार माझ बोल्दै उनले राष्ट्रिय टोली नै पहिलो प्राथमिकता रहेको बताए । विश्वभर अब फ्रेन्चाइज लिग सुरु भएसँगै राष्ट्रिय टोलीसँग खेल जुध्ने सम्भावनामा उनले यस्तो अभिव्यक्ति दिए । ‘मेरो लागि नेपाली टोली पहिलो प्राथमिकता हो । हिजो पनि थियो र भोली पनि रहने छ,’ उनले थपे,’सिपिएल खेल्न जति म उत्साहित छु त्यो भन्दा धेरै नेपालमा सबैजना हुनुन्छ । कोरोनापछि क्रिकेट फर्किंदै छ । नेपालसहित विश्वमा सबैजना खुसी हुनुन्छ । जतिसक्छु राम्रो प्रर्दशन गर्ने प्रयास गर्ने छु ।’

‘खेल्न जान पाउने वा नपाउने भन्नेमा मैले जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने सोचेर बसेको थिए । यसमा मलाई भन्दा बढि रमन शिवाकोटी दाइलाई थाहा छ । खेलकुल मन्त्रालयदेखि सबैको साथ र सहयोगले खेल्न जान पाएँ’, बुधबार पत्रकार सम्मेलनमा सन्दीपले भने ।

‘समर्थकबाट खेल्न जाने वा नजाने भने म्यासेज आई रहेको थियो । समर्थकहरुको माया म सँग र मेरो माया समर्थकहरुसँग छ । मेरो र समर्थकबीच सम्बन्ध राम्रो छ । कति जनाले म तपाईंको खेल राती राती उठेर हेर्छु भनेर म्यासेज गरि रहेको हुनुन्छ । समर्थकहरुको माया भन्दा अरु मलाई केहि चाहिँदैन । कहिले काहि समर्थकहरुको माया शब्दमा बयान गर्न सकिंदैन ‘, उनले भने ।

 

World Link Ads
Mahakali Polytechnic

‘त्यहाँ पुगेर क्वारेन्टिनमा बस्नुपर्छ । क्वारेन्टिनको समयमा अभ्यास गर्नदिने सम्भावना पनि हुन्छ । हाम्रो टोली राम्रो छ’, उनले भने ।

Sana Kishan

सन्दीपले आफू सिपिएलबाटै आइपिएल खेल्न जाने बताए । सिपिएलमा राम्रो गर्नसकेको खण्डमा आइपिएलमा पनि सहज हुने सन्दीप बताउँछन् । सिपिएल भदौ २ देखि २५ (अगष्ट १८– सेप्टेम्बर १०) सम्म ट्रीनिडाड एन्ड टोबेगोमा हुँदैछ ।

सन्दीप बिहिबार १० बजे विहान कोरियन एरलायन्सको चार्टर्ड उडानबाट अमेरिका हुँदै शनिबार सम्म वेस्टइन्डिजको सिपिएल आयोजना हुने स्थानमा पुगिसक्ने छन् । गत असारमा भएको ड्राफ्टमा सन्दीपलाई जमैका तलावाजले एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यमा अनुबन्ध गरेको थियो । सन्दीपको टोली जमैकामा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी र ओशन थोमस जस्ता स्टार खेलाडी छन् ।

 

जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै सुरुवात गर्ने छ । २० अगष्टमा जमैकाले ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्ने छ । २२ अगष्टमा गुयाना एमेजन वारियर्सविरुद्ध खेल्ने छ । २५ अगष्टमा पुन गुयानासँग खेल्ने छ । २६ अगष्टमा बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । २९ अगष्टमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सविरुद्ध खेल्ने छ ।

१ सेप्टेम्बरमा ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । ३ सेप्टेम्बरमा पेट्रीयट्सविरुद्ध खेल्ने छ । सेप्टेम्बर ५ मा बार्बाडोसविरुद्ध खेल्ने छ । लिग चरणको अन्तिम खेलमा लुसिया जुक्सविरुद्ध खेल्ने छ । शीर्ष चारमा पर्न सकेमा सेप्टेम्बर ८ मा सेमिफाइनल खेल खेल्ने छ । फाइनल १० सेप्टेम्बरमा हुँने छ । १९ सेप्टेम्बर
देखि आइपिएल सुरु हुँने हुँदा सन्दीप उतैबाट युएई जाने छन् ।hamrokhelkud बाट साबार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.