सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा आकस्मिक बाहेकका सबै सवारी पास बन्द

धनगढी,१६साउन । जिल्ला प्रशासन कार्यालय कैलालीले आकस्मिक बाहेकका सबै सवारी पास आजबाट उपलब्ध नगराउने भएको छ ।
सवारी पास वितरणका कारण कार्यालयको सेवा प्रवाहमा नै असर परेको भन्दै आजबाट अत्यावश्यक बाहेकका पास स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादब बहादुर भण्डारीले बताए ।

Sana Kishan

आजदेखी अत्यावश्यक परिस्थितीहरु काजकिरिया बस्न घर फर्किने अथवा घरबाट फर्किने, सरकारी अस्पतालबाट रेफर गरिएका विरामी, सरुवा भएका कर्मचारी, विदेश जान हवाई सूचीमा नाम भएकाहरुलाई मात्रै सवारी पास उपलब्ध गराइने प्रशासकीय अधिकृत भण्डारीले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.